मंगलबार , भाद्र १६, २०८३

राष्ट्रिय प्रजातन्त्र पार्टीको पदाधिकारी बैठकले निवर्तमान अध्यक्ष कमल थापालाई पार्टीबाट अलग हुने निर्णय फिर्ता लिन आग्रह गरेको छ । आज धुम्बाराहीमा बसेको बैठकले थापाको निर्णयलाई अनपेक्षित भन्दै अलग नहुने आग्रह गरेको प्रवक्ता मोहन श्रेष्ठले बताए ।थापाको पार्टीबाट अलग हुने निर्णय अनेपेक्षित तथा अप्रत्याशित भन्दै दुःख प्रकट गरेको जनाइएको छ । राप्रपाले पार्टी महाधिवेशनले तय गरेको राजसंस्था, हिन्दुराष्ट्रको पुनःस्थापनालगायतका सैद्धान्तिक अवधारणा र कार्यदिशामा अविचलित हुन समेत आग्रह गरेको छ ।

आज निवर्तमान अध्यक्ष थापाले हेटौंडामा पत्रकार सम्मेलन गरी राप्रपाबाट अलग हुने निर्णय लिएको बताएका थिए । उनी एकता महाधिवेशनमा अध्यक्ष राजेन्द्र लिङ्देनबाट पराजित भएयता नेतृत्वसँग असन्तुष्ट थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता


TOP