बुधबार , असार ४, २०८२

राष्ट्रिय प्रजातन्त्र पार्टीको पदाधिकारी बैठकले निवर्तमान अध्यक्ष कमल थापालाई पार्टीबाट अलग हुने निर्णय फिर्ता लिन आग्रह गरेको छ । आज धुम्बाराहीमा बसेको बैठकले थापाको निर्णयलाई अनपेक्षित भन्दै अलग नहुने आग्रह गरेको प्रवक्ता मोहन श्रेष्ठले बताए ।थापाको पार्टीबाट अलग हुने निर्णय अनेपेक्षित तथा अप्रत्याशित भन्दै दुःख प्रकट गरेको जनाइएको छ । राप्रपाले पार्टी महाधिवेशनले तय गरेको राजसंस्था, हिन्दुराष्ट्रको पुनःस्थापनालगायतका सैद्धान्तिक अवधारणा र कार्यदिशामा अविचलित हुन समेत आग्रह गरेको छ ।

आज निवर्तमान अध्यक्ष थापाले हेटौंडामा पत्रकार सम्मेलन गरी राप्रपाबाट अलग हुने निर्णय लिएको बताएका थिए । उनी एकता महाधिवेशनमा अध्यक्ष राजेन्द्र लिङ्देनबाट पराजित भएयता नेतृत्वसँग असन्तुष्ट थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

दाइ मारेर जेल परेका सुजन संविधान दिवसमा छुटे, घरै बोलाएर पूर्वपत्नी र दुई छोरीको हत्या

प्रचण्डले दिए पूर्वराजा ज्ञानेन्द्रलाई जेल हाल्ने चेतावनी, पहिले सेक्युरिटी झिकिदिने

आजको राशिफल ~ वि.सं. २०८२ वैशाख २३ गते मङ्गलवार : श्री देवकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

आजको राशिफल वि.सं. २०८२ वैशाख १३ गते शनिवार : श्री शनिदेवकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

क्याथरिन रन फेष्टिभल मा नेपालीहरुको उल्लेखनीय सहभागिता


TOP