मंगलबार , बैसाख २९, २०८३

एमालेले स्थानीय तह निर्वाचनको तयारीमा केन्द्रित रहेर सातै प्रदेशमा प्रशिक्षण तथा अभिमुखीकरण कार्यक्रम तय गरेको छ । महासचिव शंकर पोखरेलले मंगलबार प्रदेश कमिटीहरूका नाममा पत्र जारी गर्दै आवश्यक तयारीमा लाग्न निर्देशन दिएका छन् ।

पार्टीको लगातारको दबाब, निर्वाचन आयोगको ताकेता, जनस्तरबाट व्यक्त खबरदारी समेतका कारण सरकारले आगामी ३० वैशाख २०७९ मा स्थानीय तहको निर्वाचन एकै चरणमा गर्ने गरी निर्णय गरेकाले उक्त निर्वाचनलाई पार्टीका पक्षमा पार्न मातहत कमिटी, नेता तथा कार्यकर्तालाई तयारी अवस्थामा राख्न कार्यक्रम आयोजना गर्न लागिएको एमालेले जनाएको छ ।दुईदिने कार्यक्रमको उद्घाटन अध्यक्ष केपी ओलीले माघ २८ गते भर्चुअल माध्यमबाट गर्ने तय भएको छ । उद्घाटनमा केन्द्रीय कमिटीका पदाधिकारी र सदस्यहरू, प्रदेश कमिटीका पदाधिकारी तथा जिल्ला कमिटीका पदाधिकारी एवं प्रशिक्षणमा सहभागी प्रशिक्षार्थीहरू सहभागी रहने छन् ।

प्रदेश १ को विराटनगमा फागुन १ र २ गते, मधेस प्रदेशको जनकपुरधाममा फागुन ३ र ४ गते, वागमती प्रदेशको काठमाडौँमा फागुन ६ र ७ गते, गण्डकी प्रदेशको पोखरामा फागुन ८ र ९ गते, लुम्बिनी प्रदेशको बुटवल तथा दाङमा फागुन ११ र १२ गते, कर्णाली प्रदेशको सुर्खेतमा फागुन १४ र १५ गते र सुदूरपश्चिम प्रदेशको धनगढीमा फागुन १६ र १७ गते प्रशिक्षण गरिनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP