मंगलबार , अषोज २७, २०८३

चीनको राजधानी बेइजिङमा आजबाट २४औं संस्करणको विन्टर ओलम्पिकको उद्‌‌घाटन हुँदैछ। उद्‌घाटन समारोहमा चिनियाँ राष्ट्रपति सी चिनफिङसहित विश्वका २१ मुलुकका नेताहरू सहभागी हुँदैछन्।

यो ओलम्पिक्समा विश्वभरका ९१ देशका खेलाडीले सहभागिता जनाउँदैछन्।

चीनको बेइजिङ र हुबेईमा हुने ओलम्पिकमा नेपालको सहभागिता छैन। किनभने यस संस्करणको ओलम्पिकमा प्रतिस्पर्धा हुने विधाका लागि योग्य खेलाडी नेपालमा छैनन्।

स्की खेलाडी सफलराम श्रेष्ठले यसपटकको विन्टर ओलम्पिकमा सहभागिता जनाउने कोसिस गरे पनि सफल हुन सकेनन्। सफलरामको ओलम्पिक खेल्नका लागि न्यूनतम अंक पुग्न सकेन।

यद्यपी सफलरामलाई नेपाल ओलम्पिक कमिटीले विन्टर ओलम्पिकको तयारीका लागि भन्दै इटालीका लागि विदाई गरेको थियो।

विन्टर ओलम्पिकमा नेपालको सहभागिता नहुने समाचार प्रकाशन गरेको केही दिनपछि सफलरामलाई ओलम्पिकको तयारीका लागि इटाली पठाएको सामाजिक सञ्जालमार्फत सार्वजनिक भएको थियो।इटालीमा उनले एफआईएस च्याम्पियनसिपमा भाग लिएका थिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP