मंगलबार , बैसाख २९, २०८३

मंगलबार दिउँसो प्रदेश १ का एकदुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।

पश्चिमी वायुको सामान्य प्रभावले आज प्रदेश १ को एकदुई ठाउँमा हल्का वर्षाको संभावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको हो । महाशाखाका मौसमविद् सजिना शाक्यका अनुसार प्रदेश १, मधेस, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली भएर अन्य प्रदेशमा आंशिक बदली हुनेछ ।यस्तै राति देशका पूर्वी तथा पश्चिमी भूभागका उच्च पहाडी तथा हिमाली क्षेत्रका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

प्रदेश १, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली हुनेछ भने अन्य प्रदेशमा मौसम आंशिक बदलीदेखि सामान्यतया सफा रहने छ ।

पश्चिमी वायुकै प्रभावले अहिले पनि देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली भएर तराईका केही भूभागहरूमा हुस्सु र कुहिरो लागेको छ ।

बुधबार दिउँसो भने कर्णाली, सुदूरपश्चिम प्रदेशका केही स्थानमा तथा लुम्बिनी, गण्डकी तथा प्रदेश १ का एकदुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

देशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानहरुमा हल्का हिमपातको सम्भावना छ । सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशहरुमा सामान्यदेखि पूर्ण बदली तथा बाँकी प्रदेशहरुमा आंशिक बदली रहनेछ ।

राति कर्णाली, सुदूरपश्चिम, लुम्बिनी र गण्डकी प्रदेशका केही स्थानहरुमा र बागमती तथा प्रदेश १ का पहाडी भूभागका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

देशका उच्च पहाडी तथा हिमाली भूभागका धेरै स्थानहरुमा हल्का हिमपातको सम्भावना छ । सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी लगायत बागमती र प्रदेश १ को पहाडी भूभागमा सामान्यदेखि पूर्ण बदली तथा बाँकी भूभागमा आंशिक बदली रहनेछ ।

बिहीबार दिउँसो प्रदेश १, मधेस, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा हल्का वर्षाको र सो प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

प्रदेश १, मधेश, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहि अन्य प्रदेशमा आंशिक बदली रहनेछ । राति प्रदेश १ का एकदुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

प्रदेश १, बागमती तथा गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ । प्रदेश १, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहि अन्य प्रदेशमा मौसम आंशिक बदलीदेखि सामान्यतया सफा रहनेछ ।

देशका तराई भूभागमा बिहानपख हुस्सु र कुहिरो लाग्ने सम्भावना रहेकोले चिसोबाट बच्न र त्यसको प्रभावबाट जोगिन आवश्यक सुरक्षा तथा सतर्कता अपनाउनु हुन अनुरोध छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP