मंगलबार , बैसाख २९, २०८३

गृह मन्त्रालयले गैरकानुनी रूपमा विद्यार्थीलाई अध्ययनका लागि विदेश पठाउने कन्सल्टेन्सीमाथि कारबाही गर्ने चेतावनी दिएको छ ।

मन्त्रालयले सोमबार विज्ञप्ति जारी गरी विद्यार्थीलाई विदेश पठाउँदा कानुनविपरीत काम गरेको पाइए त्यस्ता शैक्षिक परामर्श व्यवसायीलाई कारबाही गर्ने चेतावनी दिएको हो ।पछिल्लो समय त्यस्ता उजुरीहरू बढिरहेको मन्त्रालयले जनाएको छ ।

कानुनविपरीत गतिविधि गर्ने संस्थाहरूमाथि सरकारले निगरानी गरिरहेको पनि मन्त्रालयले जनाएको छ ।

कुनै शैक्षिक परामर्श केन्द्रहरूले गैरकानुनी काम गरेको पाइए नेपालमा जिल्ला प्रशासन कार्यालय, प्रहरी कार्यालय र विदेशको हकमा विदेशस्थित नेपाली नियोगहरूमा सूचना अथवा उजुरी दिनसमेत विज्ञप्तिमार्फत् आग्रह गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP