शनिबार , बैसाख २०, २०८२

प्रधानमन्त्री शेरबहादुर देउवा राजनीतिक रुपमा निकै शक्तिशाली देखिएका छन् । काँग्रेस सभापति समेत रहेका उनी पार्टीभित्र शक्तिशाली बनिसकेका छन् । बाह्य समर्थन पनि जुटाइसकेका छन् । शक्तिशाली बनेका देउवा पेलेरै बढ्न थालेका छन् ।देउवाले स्थानीय तहको निर्वाचन वैशाख ३० गते एकै चरणमा गर्ने गरी मन्त्रिपरिषदबाट निर्णय गराएर राष्ट्रपति समक्ष सिफारिश गराएका छन् । सत्ता गठबन्धन दलका नेताहरुमध्ये नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले स्थानीय तहको चुनाव धकेल्न खोजेका थिए । प्रचण्डले वैशाखमा पहिले प्रतिनिधि सभाको चुनाव गर्न जोड गरेका थिए ।

माधव नेपालले मंसिर या फागुन २०७९ मा तीन तहको चुनाव एकसाथ गर्ने प्रस्ताव गरेका थिए । उनीहरुको प्रस्ताव र दबाबका बाबजुद देउवा ३० वैशाखमै चुनाव गर्न बढेका छन् ।

अब देउवा एमसीसी पारित गर्न बढ्न लागेका छन् । यसका लागि पनि उनी पेलेरै जाने तयारीमा छन् । एमसीसीको विपक्षमा प्रचण्ड र माधव नेपाल उभिइसकेका छन् । देउवाले अन्य विकल्पमा गएर भएपनि एमसीसी बढाउन खोजेका छन् । यसका लागि उनले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग समझदारी विकास गरिसकेको बुझिएको छ ।

देउवा ओलीलाई साथमा लिएर भएपनि एमसीसी पारित गर्ने पक्षमा छन् । यसमा अवरोध बनेमा उनी सभमुख अग्निप्रसाद सापकोटा हटाउने प्रस्ताव ल्याउन समेत तयार भएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै

पदाधिकारी भएर पनि पार्टीको निर्णय अरु कसैबाट थाहा पाउनु परेको सुमनाको गुनासो, पदको वजन नभएको महशुसपछि राजीनामा


TOP