बुधबार , भाद्र १७, २०८३

नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक निरञ्जन झाले फागुनको १० गतेभित्र जनकपुर–जयनगर रेल सेवा सञ्चालन हुने बताएका छन् ।

खबरहबसँगको कुराकानीमा महाप्रबन्धक झाले उद्घाटनको तयारी अन्तिम चरणमा पुगेको र १० गतेभित्र उद्घाटन भई यात्रुसहित रेल चल्ने दाबी गरेका हुन् । फागुन १ गतेबाट भने ‘ड्राई रन’ अर्थात् बिना यात्रु जयनगरदेखि जनकपुरसम्म रेल चलाइने छ ।रेलको उद्घाटन नभएसम्म बिना यात्रु नियमित रेल चलाइने पनि उनले बताए ।

उनले भने, ‘फागुन १ गतेदेखि ड्राई रन रेल चलाउने छौँ । बिना यात्रु नियमित रेल चलाउने छौँ । फागुन १० गतेभित्र उद्घाटनको सम्भावना छ । अहिलेसम्मको प्रगति यही हो । उद्घाटनपछि यात्रुसहित रेल चल्नेछ ।’

महाप्रबन्धक झाले थपे, ‘रेलको उद्घाटन नेपाल र भारत दुवै देशका प्रधानमन्त्रीले गर्ने अहिलेसम्मको कुरा छ । यद्यपि, केही दिन तलमाथि हुन सक्नेछ । तर, यसपटक रेल चल्छ ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता


TOP