मंगलबार , बैसाख २९, २०८३

प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भद्र सहमति भएको छ । यो सहमतिसँगै ओलीको चाहना अनुसार देउवा वैशाखभित्रै स्थानीय तहको चुनाव गर्न तयार भएका छन् । उनले मन्त्रिपरिषदबाट निर्णय गराएर चुनावको मिति सिफारिश समेत गरेका छन् ।३० वैशाखमा चुनावको मिति तय गरी सिफारिश भएको छ । यो ओलीको माग थियो । स्थानीय चुनावको मिति घोषणासँगै देउवा र ओलीबीच भद्र सहमति भएको खुलेको हो ।

विश्वस्त स्रोतका अनुसार सहमति अनुसार ओलीले एमसीसी पारित गर्न साथ दिनेछन् । सत्ता गठबन्धन पनि चाँडै तोडिनेछ ।

एमसीसी पारित गर्न अवरोध गरेमा सभामुख अग्निप्रसाद सापकोटालाई समेत हटाउने प्रस्ताव ल्याउने गरी तयारी भइसकेको बुझिएको छ । लामो तयारी पछि यो सहमति भएको बुझिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP