बुधबार , जेठ १५, २०८२

सरकारले विद्यालय खोल्ने तयारी गरेको छ । आइतबार बसेको सीसीएमसीसीको बैठकले विश्वविद्यालय, विद्यालय ट्युसन सेन्टर फागुन १ गतेदेखि खोल्ने भनेर सिफारिस गरेको हो ।
सीसीएमसीकी प्रवक्ता सुनिता नेपालले विद्यालय खोल्ने हकमा दुई नियम लागू हुनेगरी सिफारिस भएको बताइन् ।

‘विद्यालयको हकमा चाहिँ १२ वर्ष पुरा भएको बालबालिकाको नियमित कक्षा सञ्चालन गर्ने तर १२ वर्ष भन्दा कम उमेरका विद्यार्थीको हकमा चाहिँ आलोपालो दिनमा कक्षा सञ्चालन गर्न सिफारिस भएको छ’, उनले बैठकपछि बताइन् । शैक्षिक संस्था खोल्ने सम्बन्धी यो सिफारिस शिक्षा मन्त्रालयलाई भएको छ।

उनले जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रले जोखिमको अवस्था हेरेर स्मार्ट लकडाउनसम्बन्धी कार्यविधिअनुसार आवश्यक निर्णय गर्न सक्ने पनि बताइन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

पदाधिकारी भएर पनि पार्टीको निर्णय अरु कसैबाट थाहा पाउनु परेको सुमनाको गुनासो, पदको वजन नभएको महशुसपछि राजीनामा

दाइ मारेर जेल परेका सुजन संविधान दिवसमा छुटे, घरै बोलाएर पूर्वपत्नी र दुई छोरीको हत्या

आजको राशिफल ~ वि.सं. २०८२ वैशाख २३ गते मङ्गलवार : श्री देवकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य


TOP