मंगलबार , जेठ १४, २०८२

जिल्लाको सदरमुकाम तानसेनस्थित बसपार्कमा बेहोस अवस्थामा भेटिएका एक जनाको शनिबार मृत्यु भएको छ।

अर्घाखाँचीको छत्रकोट गाउँपालिका- ४ रिठाको रुख स्थायी ठेगाना भइ तानसेनमा मागेर खाँदै हिड्ने ५० वर्षीय गणेश परियारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी निरीक्षक लक्षमण पचभैयाले बताए।

तानसेन नगरपालिका -६ बसपार्कमा भित्तामा अढेस लागेर घोप्टो परेर बसिरहेको अवस्थामा देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। बेहोस अवस्थामा रहेका उनलाई उपचारको लागि जिल्ला अस्पताल पाल्पामा लैजाँदा चिकित्सकले मृत घोषणा गरेका थिए।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। यसअघि आजै तानसेन -४ बडिज्ञानटोल भाडामा बस्ने ३८ वर्षीय वसन्त गिरी मृत फेला परेका थिए।

ज्याला मजदुरी गर्दै आएका उनी आज विहान करिब ८ बजे तानसेन नगरपालिका -४ सिल्खानटोलस्थित तानसेन-गुल्मी सडकको भित्तामा घोप्टो परेको अवस्थामा भेटिएका थिए।

दुवै जनाको चिसोले कठ्याङ्ग्रीएर मृत्यु भएको हुन सक्ने स्थानीयको आशंका छ। तानसेनमा लगातार दुई दिनसम्म वर्षा भइरहेको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

पदाधिकारी भएर पनि पार्टीको निर्णय अरु कसैबाट थाहा पाउनु परेको सुमनाको गुनासो, पदको वजन नभएको महशुसपछि राजीनामा

आजको राशिफल ~ वि.सं. २०८२ वैशाख २३ गते मङ्गलवार : श्री देवकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

गुणाकर भट्टलाई राष्ट्र बैंकको गभर्नर बनाउन देउवाको प्रस्ताव, ओली सहमत


TOP