मंगलबार , बैसाख २९, २०८३

सरकारले ४ जेठ २०७९ मा स्थानीय निकायको निर्वाचन गर्ने तयारी गरिसकेको छ । निर्वाचन आयोगलाई तयारीमा लाग्न भनिसकेको छ । आयोग पनि त्यसै अनुसार व्यस्त छ । तर, सरकारले अझै चुनावको मिति घोषणाका लागि राष्ट्रपतिलाई सिफारिश गरेको छैन ।प्रधानमन्त्री शेरबहादुर देउवा चुनावको मिति सिफारिश अघि एमसीसीको टुंगो लगाउन चाहन्छन् । यसैले उनी अलमलमा छन् । एमसीसीबारे चाँडै टुंगोमा पुग्ने गरी गठबन्धनका शिर्ष नेताबीच छलफल चलिरहेको छ । केही संशोधन गर्न प्रचण्ड र माधव नेपालले प्रयास थालेका छन् । यसका लागि उनीहरुले प्रधानमन्त्री शेरबहादुर देउवालाई भनिसकेका छन् । देउवा पनि भरसक केही संशोधनको प्रयासमा लागेका छन् । उनी सत्ता गठबन्धन जोगाउन चाहन्छन् । यही गठबन्धनबाट एमसीसी पारित गर्ने प्रयासमा छन् ।

एमसीसीको विषय आएसँगै चुनाव टार्ने प्रयास पनि भएको छ । स्थानीय चुनावभन्दा अघि प्रतिनिधि सभाको चुनाव गर्ने या सँगै सँगै गर्ने प्रचण्ड र माधव नेपालको चाहना छ । उनीहरुले यसबारे बोलिसकेका छन् ।

चुनाव धकेल्न कुनै रणनीतिमा प्रचण्ड र माधव नेपाल लागेका छन् । यसका लागि स्थानीय निकायका जनप्रतिनिधिमध्ये २०७४ असोजमा निर्वाचित भएकाहरुले पाँच वर्ष कार्यकाल पूरा नभएको भन्दै मुद्दा दायर गराएर जाने रणनीति पनि बनाएका छन् । प्रचण्ड आफैले पार्टीको आन्तरिक बैठकमा मुद्दा दायर हुनसक्ने र त्यसले चुनाव अलमल भई केही पर धकेलिने बताइसकेका छन् ।

मुद्दा दायर भएर अन्तरिम आदेश जारी भएमा निर्वाचनमा अवरोध आउन सक्छ । प्रचण्डको चाहना यही देखिन्छ । अदालतले स्टे अर्डर जारी गरेपछि परिस्थिति नै बदलिन्छ ।

मुद्दा आउन लागेको अर्को विषय चुनाव चिन्हसम्बन्धी पनि हो । यसले पनि चुनावको मितिलाई धकेल्न सक्छ । राष्ट्रिय प्रजातन्त्रको चुनाव चिन्हबारे पनि अदालतमा मुद्दा दायर हुने सम्भावना छ । निर्वाचन अयोगले राष्ट्रिय जनावर गाई चुनाव चिन्ह बनाएको भन्दै राप्रपालाई पुनरावलोकनका लागि पत्र लेखिसकेको छ । उसको विधानमा हिन्दुराष्ट्र र राजसंस्था उल्लेख भएकोमा हटाउन समेत पत्रमा उल्लेख छ ।

यो विषय अदालतमा पुगेर अलमल भएमा पनि चुनावमा अवरोध आउनसक्छ । यस्तै बहानामा फेरि चुनाव पर सार्दै एकैपटक कात्तिक या मंसिरमा गर्ने रणनीति समेत बनाइएकोले परिस्थिति बदलिनसक्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP