बुधबार , भाद्र १७, २०८३

जलवायु परिवर्तनका कारण सगरमाथाको उच्च भागमा रहेको हिमनदी तीव्र गतिमा पग्लिरहेको नयाँ अध्ययनले औँल्याएको छ। यूनिभर्सिटी अफ मेनको नेतृत्वमा रहेका वैज्ञानिकहरुले विश्वको सर्वोच्च हिमालमा अवस्थित ‘साउथ कोल ग्लेसीअर’ विगत २५ वर्षमा ५४ मिटर (१८० फिट) घटिसकेको पत्ता लगाएका हुन् ।

समुद्रको सतहभन्दा झन्डै ७,९०६ मिटर उचाइमा रहेको उक्त हिमनदीमा पहिलो पटक बरफ जम्न लागेको समयभन्दा बरफ पग्लिने गति ८० गुना चाँडो छ। बढ्दो तापमान तथा तीव्र गतिमा चल्ने हावाका कारण तीव्र गतिमा बरफ पग्लिँदै र पातलिँदै गएको मानिएको छ। अध्ययनमा सहभागी वैज्ञानिकहरूले झन्डै २,००० वर्ष लागेर बनेको बरफ सन् १९९० को दशकयता पग्लिएको पत्ता लगाएका छन्। नेचर जर्नलमा प्रकाशित यो अध्ययनका अध्ययनका प्रमुख अन्वेषकहरू मध्येका एक डा मारिउज पोटोकीले साउथ कोल ग्लेसीअर दु्रत गतीमा पग्लिरहेको बताएका छन् ।

१० वैज्ञानिकहरूको टोलीले सगरमाथाको यो ग्लेशियरको भ्रमण गरेका थिए । उनीहरूले यहाँ विश्वको दुईवटा उच्च मौसम निगरानी स्टेशनहरू स्थापना गरेका थिए र १० मीटर लामो बरफको भित्रिसतहबाट नमुना निकालेका थिए । यो अध्ययनले जलवायु परिवर्तनका कारण उत्पन्न भइरहेको ठूलो संकटलाई झनै प्रष्ट पारेको छ । यसका साथै यसले पर्वतारोहीहरूलाई आरोणमा कठिनाइ पार्नुका साथै पिउने पानी एवं सिँचाइका लागि ग्लेसीअरमा निर्भर हुनेहरूलाई खतरामा पारेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता


TOP