बुधबार , भाद्र १७, २०८३

प्यूठानमा बेहुली लिएर फर्कँदै गरेको जीप दुर्घटना हुँदा घाइते भएका थप दुईजनाको मृत्यु भएको छ । शनिबार बिहान ३ बजेतिर भएको दुर्घटनास्थलमै ६ जनाको मृत्यु भएको थियो ।
ग १ ज ५०९३ नम्बरको जीप गौमुखी गाउँपालिका–६ ओखरपाटामा दुर्घटना हुँदा आठ जनाको मृत्यु भएको गौमुखी गाउँपालिका अध्यक्ष विष्णुकुमार गिरीले जानकारी दिएका छन् ।

मृत्यु हुनेमा स्थानीय एकै घरका श्रीमान बसन्त खड्का, श्रीमती बसन्ता खड्का, छोरी एलिशा खड्का रहेका छन्। त्यस्तै, सोही ठाउँकी केशरी खड्का, नन्दी खड्का, खिम खत्री, बले बुढा मगर रहेका छन्। लुङका एकजनाको पहिचान हुन सकेको छैन। मृत्यु हुनेहरु गौमुखी गाउँपालिका–६ का स्थानीय हुन्।

राति घटना भएकाले समयमै उद्दार हुन नसकेको स्थानीयले जनाएका छन् ।

दुईजनाको उपचारको क्रममा प्यूठान अस्पतालमा मृत्यु भएको हो। दुर्घटनामा ५ जना घाइते भएका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता


TOP