मंगलबार , बैसाख २९, २०८३

प्रतिनिधिसभाको आगामी बैठक माघ २६ गते बोलाइएको छ । सो बैठकमा एमसीसी टेबुल गर्ने सरकारको तयारी छ । त्यसका लागि प्रधानमन्त्री शेरबहादुर देउवाले गृहकार्य गरिरहेका छन् । दलबीच सहमति भई परिस्थिति अहिलेको अवस्थाबाट अघि बढेमा एमसीसी संसद्मा प्रस्तुत हुनेछ ।संसद्मा एमसीसी टेबुल अर्थमन्त्रीले गर्नुपर्छ । अर्थमन्त्री जनार्दन शर्मालाई यतिबेला कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण निको नभए उनी सो बैठकमा उपस्थित हुन पाउँदैनन् । सम्बन्धि मन्त्री नभए अर्को मन्त्रीले टेबुल गर्ने संसदीय अभ्यास छ । जसबाट अर्थमन्त्रीको ठाउँमा अन्य कुनै मन्त्रीले एमसीसी टेबुल गर्न बाधा पर्दैन ।

सभामुखको अनुमतिले संसद्मा एमसीसी टेबुल भएपछि मन्त्रीले वक्तव्य दिनुपर्छ । मन्त्रीले वक्तव्य दिएपछि अर्को कुनै बैठकमा एमसीसीबारे सामान्य छलफल गरियोस् भनी प्रस्ताव गरिन्छ । सामान्य छलफल समाप्त भएको १२० घण्टापछि संशोधन गर्न सकिने व्यवस्था छ । एमसीसीको हकमा संशोधन राख्न नमिल्ने अवस्था छ । नागरिक दैनिकबाट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP