मंगलबार , असार २३, २०८३

रुपन्देही सामाजिक सञ्जाल अष्ट्रेलियाले रुपन्देहीको दुधराक्षमा रहेको स्वास्थ्य चौकिको लागि आवश्यक स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ । समाजले स्वास्थ्य चौकीका लागि आवश्यक सेमि एनलाईजर मेसिन र त्यसका लागि आवश्यक पर्ने केमिकल हस्तान्तरण गरेको हो ।

सञ्जालका वर्तमान अध्यक्ष मुक्तिराम पोखरेलले सामाजिक हित र परोपकारी कार्यका लागि परदेशमा रहेर पनि घरदेश सम्झनेहरुलाई धन्यवाद ज्ञानपन गर्नुभएको थियो ।

अष्ट्रेलियामा रहेका नेपाली विधार्थी, व्यवसायी र कर्मचारीहरुले संकलन गरेको रकमबाट स्वास्थ्य संस्थालाई उक्त मेसिन हस्तान्तरण गरिएको सञ्जालका अध्यक्ष मुक्तिराम पोख्रेलले जानकारी दिनुभयो । स्वास्थ्य संस्था व्यवस्थापन समितिका प्रमुख एंव वडा नं. ६ का वडा अध्यक्ष वसन्त पाण्डेको अध्यक्षतामा सैना मैना नगरपालिकाका नगर प्रमुख चित्र बहादुर कार्कीको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा बोल्नुहुँदै नगर प्रमुख कार्कीले नागरिकको जीवनसंग जोडिएको स्वाथ्य सामग्री हस्तान्तरण गरेर अष्ट्रेलिया सामाजिक सञ्जाल समुहले ठूलो गुन लगाएको बताउनुभयो । दुधराक्ष जनस्वास्थ्य चौकिका ईन्चाज खगराज पोखरेलले कार्यक्रममा स्वागत मन्तव्य सहित कार्यक्रम को उद्धेश्य र महत्व माथि प्रकाश पार्नुभएको थियो ।

आफ्नो जन्म थलो र आफन्तहरुलाई माया गरेर प्रदान गरेका हरेक सामग्रीको उच्चतम सदुपयोग गर्नुपर्ने भन्दै उहाँले आगामी दिनमा पनि सहकार्यका लागि अनुरोध गर्नुभयो । कार्यक्रममा हेमराज पन्थीले सहजिकरण गर्नुभएको थियो । भर्चुअल माध्ययमबाट भएको कार्यक्रममा सञ्जालका निर्वतमान अध्यक्ष इश्वर पोखरेलले भौतिक रुपमै उपस्थित भएर नगर प्रमुख कार्कीलाई एनलाईजर हस्तान्तरण गर्नुभएको थियो । रुपन्देही सामाजिक सञ्जालले गरेका कामका बारेमा कार्यक्रम संयोजक एंव सञ्जालका उपाध्यक्ष दिवकर काफ्लेले सामाजिक कामका लागि सहयोग गर्ने सबैलाई धन्यवाद दिनुभएको थियो । यसैगरी सञ्जालका वर्तमान अध्यक्ष मुक्तिराम पोखरेलले सामाजिक हित र परोपकारी कार्यका लागि परदेशमा रहेर पनि घरदेश सम्झनेहरुलाई धन्यवाद ज्ञानपन गर्नुभएको थियो ।

उहाँले आगामी दिनमा रुपन्देहीको स्वाथ्य, शिक्षा लगाएतका विविध विषमा आफुहरु सहयोग गर्न तयार रहेको प्रतिवद्धता समेत व्यक्त गर्नुभएको थियो । स्वास्थ्य सामग्री हस्तान्तरण कार्यक्रममा वडा नं. ६ का वडा अध्यक्ष डिलाराम वेलवासे, केशर बहादुर बम्मरेल र रोमाकान्त लगायतको उपस्थिती रहेको थियो । कार्यपालिका सदस्य इश्वरी भण्डारी, टोल विकास समितिका प्रतिनिधि, समाजसेवी एंव पत्रकार लगाएतको सहभागिता रहेको थियो । 
कामका शिलसिलामा अष्ट्रेलियामा रहेका रुपन्देही स्थायी वसोवास भएकाहरुको समाजिक सञ्जाल समुहले विभिन्न समयमा स्वास्थ्य सामग्री लगाएतका सहयोगहरु प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनमा जुन १३ मा हुँदै ‘नेपाल महोत्सव २०२६’, मे ३० मा सामुदायिक परामर्श कार्यक्रम

SAFF फुटसलमा उत्कृष्ट प्रदर्शन गर्ने राष्ट्रिय खेलाडीलाई नगदसहित सम्मान

नेपाल महोत्सव २०२६ सम्बन्धी सामुदायिक परामर्श कार्यक्रम सम्पन्न

१० हजारभन्दा बढीको सहभागितासहित डार्विनमा भव्य रूपमा सम्पन्न भयो नेपाल फेस्टिभल २०२६

आजको राशिफल वि.सं. २०८३ ज्येष्ठ १५ गते शुक्रवार: श्रीदेवकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

१० हजार दर्शकको लक्ष्यसहित डार्विनमा नेपाल फेष्टिभल


TOP