मंगलबार , बैसाख २९, २०८३

मोरङको उखुबारीमा खाल्डोमा गाडेको अवस्थामा भेटिएका दुईवटा शव अन्यत्र हत्या गरेर त्यहाँ ‘व्यवस्थापन’ गरिएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुसन्धान निष्कर्ष छ । धनपालथान गाउँपालिका–७ स्थित उखुबारीमा खाल्डोबाट माघ १३ र १४ मा दुईवटा शव निकालिएको थियो ।

माघ १३ मा भेटिएको शव सप्तरी घर भएका शम्भु चौधरीको रहेको पुष्टि भएको छ । अर्को शव सुनसरीको धरान उपमहानगरपालिका–३ घर भएका राजेन्द्रकुमार श्रेष्ठको रहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

शव भेटिएसँगै जिल्ला प्रहरी कार्यालय मोरङले घटनाबारे अनुसन्धान गरिरहेको छ । तर, अहिलेसम्म हत्या गरिएको घटनास्थल पत्ता लागेको छैन ।

‘घटनास्थल अझैसम्म पत्ता लागेन’ मोरङका एसपी जनार्दन जिसीले भने, ‘घटनास्थल पत्ता लगाउन हामी लागिरहेका छौं ।’ अनुसन्धानमा संलग्न प्रहरी अधिकृतहरुका अनुसार उखुबारीमा हत्या भएको प्रमाण फेला परेका छैन ।

मृतक चौधरी सप्तरीको शम्भुनाथ नगरपालिका–४ का स्थानीय हुन् । उनी काठमाडौंको क्षेत्रपाटी बस्थे । जग्गा कारोबार र ठेक्कापट्टा गर्ने चौधरी काठमाडौंबाट ४९ वर्षीय राजेन्द्रकुमार श्रेष्ठसँगै काठमाडौंबाट मोरङ गएका थिए । तर, राजेन्द्रका परिवारले चौधरीलाई कहिल्यै पनि सँगै हिँडेको नदेखेको प्रहरीलाई बताएका छन् । श्रेष्ठ पनि जग्गा कारोबारी हुन् । श्रेष्ठ र चौधरी काठमाडौंबाट सँगै एक महिनाअघि बिराटनगर गएको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ ।

आर्थिक लेनदेन

मृत फेला परेका श्रेष्ठ र चौधरीको अन्य व्यक्तिहरुसँग आर्थिक लेनदेन देखिएको छ । ‘मृतक दुबैले केही व्यत्तिहरुसँग पैसा लिनुपर्ने र कसैलाई दिनुपर्ने देखिएको छ’ अनुसन्धानमा संलग्न प्रहरी अधिकारीले भने, ‘हत्याको मुख्य कारण लेनदेन नै भएको हाम्रो निष्कर्ष छ ।’

काठमाडौंबाट बिराटनगर जाँदा श्रेष्ठ र चौधरीसँगै अर्को एकजना पनि एउटै गाडीमा गएको देखिएको छ । सँगै गएका तेस्रो व्यक्तिबारे प्रहरीले अनुसन्धान गरिरहेको छ । मृतकहरुसँगै जग्गा कारोबार गर्ने अर्का एकजना फ्लाइटमा विराटनगर गएको खुलेको छ । अनुसन्धानमा संलग्न प्रहरी अधिकृतहरुका अनुसार मृतक दुईजना बाहेक उनीहरुको समूहका थप दुईजनाको उपस्थिती मोरङमा देखिएको छ ।

राजेन्द्र कुमार श्रेष्ठ भक्तपुरको लोकन्थलीमा परिवारसँग बस्थे । ‘उहाँ एक महिनाअघि भक्तपुरबाट हिँडेको थाहा भएको छ’ मोरङका एसपी जनार्दन जिसीले भने–‘परिवारसँग एकमहिना अघिदेखि सम्पर्क भएको देखिँदैन ।’

राजेन्द्र कुमार श्रेष्ठ बेला–बेला हराइरहन्थे, ८–१० दिनमा घर जान्थे । ‘दुईचार दिन आउदिनँ’ भनेर हिँड्ने बानी भएको हुनाले परिवारले पनि लामो समय सम्पर्क नहुँदा चासो गरेनन्।

डीएसपीको टोली काठमाडौंमा

घटना अनुसन्धानका लागी जिल्ला प्रहरी कार्यालय मोरङमा कार्यरत डीएसपी मन्जिल मुकारुङ नेतृत्वको टोलीले काठमाडौंसम्म आएर अनुसन्धान गरेको बुझिएको छ । हत्यामा उपत्यकामा बस्ने व्यक्तिहरु नै संलग्न भएको निष्कर्षसहित टोलीले काठमाडौं आएको हो ।

‘गहन तरिकाले अनुसन्धान भइरहेको छ’ मोरङका एसपी जिसीले भने, ‘तर, सार्वजनिकरुपमा भन्नेगरि प्रगति भैसकेको छैन, अनुसन्धान जारी छ ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP