मंगलबार , भाद्र १६, २०८३

प्रधानमन्त्री शेरबहादुर देउवाले आफु गठबन्धन टुटाउने पक्षमा नरहेको प्रस्ट पारेका छन् । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग बुधबार बिहान र बेलुका भएका भेटमा प्रधानमन्त्री देउवाले यस्तो विश्वास दिलाएका हुन् ।

‘मेरो तर्फबाट गठबन्धन टुट्दैन, तपाईंहरु आफैं टुटाएर जानुहुन्छ भने म जान्दिनँ’, बुधबार बेलुका प्रचण्ड र नेपालसँगको भेटमा देउवाले भनेका छन्,‘मेरो तर्फबाट कुनै दायाँबायाँ हुँदैन ।’ केही दिनयता गठबन्धनभित्र मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) संसदबाट पारित गर्ने कि नगर्ने भन्ने विषय निकै पेचिलो बनेको थियो ।

प्रधानमन्त्री शेरबहादुर देउवा एमसीसी सम्झौता संसदमा लैजाने र गठबन्धनका अन्य नेता सम्झौता संशोधन नगरी लैजान नहुने अडानमा रहेकाले गठबन्धनमा एमसीसी पेचिलो बनेको हो । सोही क्रममा मंगलबार काँग्रेस उपसभापति पूर्णबहादुर खड्का र ज्ञानेन्द्र कार्की माओवादी अध्यक्ष प्रचण्ड भेट्न खुमलटार पुगेका थिए भने बुधबार गृहमन्त्री समेत रहेका काँग्रेस नेता बालकृष्ण खाँणले नेकपा समाजवादीका अध्यक्ष माधव नेपाल र प्रचण्डको निवासमै गएर भेटेका थिए । ती भेटमा खड्का, खाँण र कार्कीले एमसीसी अघि बढाउन सहयोग गर्न दुवै अध्यक्षलाई आग्रह गरेका थिए । त्यसपछि अध्यक्ष प्रचण्ड र नेपाल दुवैले बुधबार बिहान र साँझ दुई पटक देउवासँग छलफल गरेका थिए ।

उक्त छलफलपछि प्रधानमन्त्री देउवा पनि एमसीसीबारे फरक–फरक बुझाइ रहेकाले आगामी दिनमा थप छलफल गर्दै अघि बढ्न आफु तयार रहेको बताएको माओवादी केन्द्रका अध्यक्ष प्रचण्डका स्वकीय सचिव रमेश मल्लले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता


TOP