मंगलबार , भाद्र १६, २०८३

सत्तारुढ गठबन्धनका तीन शीर्ष नेताहरुले अमेरिकी अनुदान सम्झौता (एमसीसी) का विषयमा अझै छलफल गरेर टुंगोमा पुग्ने समझदारी गरेका छन्।
प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालबीच बुधबार दिनभर विभिन्न चरणमा छलफल भएको थियो।

छलफलका क्रममा नेताहरुबीच एमसीसीका विषयमा देखिएको विवादबारे छलफल गर्दै जाने र टुंगोमा पुग्ने समझदारी बनेको माओवादी अध्यक्ष प्रचण्डका स्वकीय सचिव रमेश मल्लले जानकारी दिए।

‘एमसीसीबारे दलहरुका आ–आफ्ना धारणा छन् र रहन्छन् भन्ने उहाँहरुको बुझाइ छ। यस विषयमा छलफल गर्दै जाने भन्ने समझदारी जुटेको छ,’ मल्लले भने।

नेताहरुले कुनै पनि हालतमा गठबन्धन टुट्न नदिने प्रतिवद्धता जनाएको पनि मल्लले जानकारी दिए। ‘गठबन्धन इन्ट्याक्ट छ र रहन्छ भन्ने नेताहरुको साझा निष्कर्ष हो। उहाँहरुको त्यसमा कायम हुनुहुन्छ,’ मल्लले भने।

प्रधानमन्त्री देउवाले जसरी पनि (गठबन्धन तोडेर भएपनि) एमसीसी पास गर्न चाहेको भन्दै चर्चा चलेपछि प्रचण्ड र नेपालले सो विषयमा समेत कुरा राखेका थिए। जवाफमा देउवाले कुनै गठबन्धन तोड्ने कुनै मनसाय नरहेको भनेर बताएका थिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता


TOP