सोमबार , भाद्र १५, २०८३

नेकपा एमालेको भ्रातृ संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनले जनकपुरधाममा प्रधानमन्त्री शेरबहादुर देउवाको पुतला दहन गरेका छन् । पुतला दहन गर्नु अघि बुधबार सडक बहस कार्यक्रम समापनपछि प्रधानमन्त्री देउवाको पुतला दहन गरेका हुन् । सो क्रममा प्रहरीसँग सामान्य झडप समेत भएको थियो ।

पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि र स्थानीय तहको निर्वाचन जेठ ४ मै गर्नुपर्ने माग गर्दै प्रधानमन्त्री देउवाको पुत्ला दहन गरेका थिए । पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता हुनुपर्ने र निर्वाचनको मिति चाँडै घोषणा हुनुपर्ने मागसहित उनीहरूले टायर बालेर विरोध प्रदर्शन पनि गरेका थिए । सरकारले पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर ३ रुपैयाँ मूल्यमा वृद्धि गरेको छ ।

.

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता


TOP