मंगलबार , बैसाख २९, २०८३

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री हुँदा चीनसँग निकटता बढाए । चीनसँग पारवहनलगायत महत्वपूर्ण सम्झौता गरे । नेकपा हुँदा ओलीले चिनियाँ कम्युनिस्ट पार्टीसँग बलियो सम्बन्ध बनाए । दुवै दलको संयुक्त प्रशिक्षण समेत भयो ।

नेकपा एमालेको विधान महाधिवेशनमा रोचक दृश्य देखियो । महाधिवेशन हल रहेको गोदावरीको सम्मेलन केन्द्र चिनियाँ कम्युनिस्ट पार्टीको १३औं नेस्नल पिपल्स कँग्रेसको सम्मेलन केन्द्र जस्तै सिंगारिएको थियो । ओलीले यसबाट आफू चिनियाँ कम्युनिस्ट पार्टीसँग नजिक रहेको सन्देश दिए ।

शेरबहादुर देउवा प्रधानमन्त्री भएपछि चीनसँगको सीमा समस्याको विषयबारे अध्ययन गर्न छानविन समिति नै बन्यो । समितिले सरकारलाई बुझाएको प्रतिवेदन अझै सार्वजनिक गरिएको छैन । ओलीले चीनसँग कुनै सीमा समस्या नभएको अभिव्यक्ति दिए । उनको दल नेकपा एमालेले लिखित रुपमै चीनसँग सीमा समस्या नभएको विषय उठायो ।

चीनसँग यो हदसम्मको घनिष्ठ सम्बन्ध रहेका ओलीले अमेरिकी सहयोगसम्बन्धी एमसीसी पारित गर्न भूमिका खेल्लान् ? चासोको विषय बनेको छ । ओलीले देउवासँगको भेटमा एमसीसी पारितमा भूमिका खेल्ने सर्तसहित प्रस्ताव राखेको विषय उठ्न थालेको छ ।

त्यसो त ओलीले प्रधानमन्त्री हुँदा पनि एमसीसी पारित गराउने प्रयास गरेको बताइसकेका छन् । उनले तत्कालीन सभामुख कृष्णबहादुर महरामाथि एमसीसी टेबुल गर्न नमानेको आरोप समेत लगाएका थिए । तर, एमसीसी उनको पालामा अगाडि नबढेपछि आशंकाहरु भए ।

अहिले ओली सत्ता गठबन्धन तोडाउन खोजिरहेका छन् । उनले रणनीतिक रुपमा एमसीसी पारितमा भूमिका खेलेर गठबन्धन तोड्ने प्रयास गरिरहेका छन् । तर, एमसीसी पारित गर्न ओलीले गम्भीरताका साथ भूमिका खेल्लान् ? यसमा प्रश्न उठेको छ ।

एमालेभित्र चिनियाँ कम्युनिस्ट पार्टीसँग प्रगाढ सम्बन्ध रहेका नेताहरुको संख्या धेरै छ । अर्कोतर्फ ओली आफै चीनसँग निकै नजिक भइसकेका छन् । यस्तो अवस्थामा ओलीले चीनलाई चिढ्याउनेमा आशंका छ । तर, ओलीले राजनीतिमा यू टर्न हुने गरेको इतिहास साक्षी छ । विगतमा उनले महाकाली सन्धी गर्न मुख्य भूमिका निभाएका थिए । पछि भारतलाई सीमालगायतका विषयमा चुनौती नै दिए । उनको यस्तो कार्यशैलीले राजनीतिक बाजी मार्न चीनलाई चिढ्याउन पछि नपर्ने सम्भावना नभएको होइन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP