मंगलबार , बैसाख २९, २०८३

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराका भाइ प्रभुशम्शेरले असोजमा ठूलो परिमाणमा जग्गा खरीद गरेको फेला परेको छ ।

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागसम्वद्ध स्रोतका अनुसार प्रभुशम्शेरले गोठाटारमा करिव साढे ३ रोपनी जग्गा किनेको भेटिएको हो । ‘गोठाटारको कित्ता नं. १२४ र ३३ मा उनले करिव तीन रोपनी जग्गा खरीद गरेको भेटियो,’ सम्पत्ति शुद्धिकरण अनुसन्धान विभाग सम्वद्ध स्रोतले भन्यो, ‘करिव ३० करोड रुपैयाँभन्दा बढीको घरजग्गा खरीद गरेको तथ्य अवगत हुन आयो ।’प्रभुशम्शेरमाथि अदालतमा विचाराधीन मुद्दामा हस्तक्षेप गरेको, आफ्ना दाजुको पदीय हैसियत दुरुपयोग गरी मुद्दामा मोलमोलाई गरेको र कतिपय मुद्दा प्रभावित बनाएको आरोप छ । प्रधान्यायाधीश जबरा र उनको परिवारको सम्पत्ति छानविनको माग गर्दै डा. गोविन्द केसीले समेत सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा उजुरी दिएका थिए । त्यसपछि शुरु भएको विवरण संकलन र अध्ययनका क्रममा प्रभुशम्शेरले असोजमात्र गोठाटारमा जग्गा जोडेको भेटिएको हो ।

गोठाटारको जग्गाको भाउ प्रतिआना करिव ४० लाख रुपैयाँ छ । त्यसरी हेर्दा २२ करोड ४० लाख हुन आउँछ । तर प्रभुशम्शेरले किनेको जग्गा ‘प्राइम लोकेसन’मा रहेको भन्दै त्यसको मूल्य अझै बढी रहेको सम्पत्ति शुद्धिकरण अनुसन्धान विभाग सम्वद्ध स्रोतको दावी छ ।

उजुरीमा प्रभुशम्शेरले ठमेलमा समेत घरसहितको करिव आठ आना जग्गा किनेको उजुरीमा दाबी छ । त्यो जग्गाको करार सम्झौताबारे जिल्ला अदालतमा मुद्दा परेको थियो । अदालतमा मुद्दा विचाराधीन भएकै अवस्थामा प्रभुशम्शेरले जग्गा किनेर मुद्दा ‘डिसमिस’ गराएका थिए ।

मंगलबारको उजुरीमा उल्लेखित ठमेलको जग्गाबारे अर्को विवादसमेत छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले प्राइम कमर्सियल बैंकका प्रमुख कार्यकारी अधिकृतको योग्यतासम्बन्धी विवादमा अन्तरिम आदेश जारी गरेका थिए । त्यसको केही समयपछि नै प्रधानन्यायाधीश जबराका भाइ प्रभुशम्शेरले त्यही बैंकबाट ऋण लिएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP