आइतबार , बैसाख २१, २०८२

नेकपा एमाले फेरि फुटको संघारमा पुगेको छ । एमालेका १० बुँदे पक्षधरहरु अध्यक्ष केपी शर्मा ओलीको तारोमा पर्दै जानुले विभाजनको रेखा कोरिइरहेको थियो । त्यसमाथि अमेरिकी सहयोगसम्बन्धी एमसीसीले एमालेमा फेरि धाँजा फाटेको छ ।एमसीसी पारित गर्ने पक्षमा केपी शर्मा ओली देखिएका छन् । तर, नेता डा. भीम रावल खुलेरै एमसीसीको विरोधमा छन् । उनले लिखित रुपमै ओलीको चर्को आलोचना गर्दै एमसीसीबारे दोहोरो चरित्र देखाएको आरोप लगाए । एमसीसीको पक्षमा उभिए कडा कदम चाल्ने चेतावनी समेत दिएका छन् ।

एमसीसी पारित गर्ने पक्षमा ओलीले निर्णय लिए पनि रावलले मतदान गर्ने सम्भावना कम छ । रावल निकट केही सांसदहरु पनि विद्रोहमा जान सक्छन् । यसले एमालेभित्र नयाँ विवाद जन्माइसकेको छ ।

एमसीसीले एमालेभित्र तिव्र ध्रुवीकरण बढेको छ । रावलले एमसीसी विरोधीको समूहको नेतृत्व गर्न थालिसकेका छन् ।

राष्ट्रियसभा चुनावमा हार्नुमा १० बुँदे पक्षधरको नकारात्मक र अन्तर्घाती भूमिकाका रुपमा ओलीले व्याख्या गरिसकेका छन् । यसले पनि विवाद बढेको छ ।

एमसीसीका पक्षमा एमाले उभिएमा विभाजन टार्न कठिन छ । रावलले ठूलै धक्का दिने तयारी समेत गरेको बुझिएको छ ।

नेकपा छँदै एमालेको निकटता चिनियाँ कम्युनिस्ट पार्टीसँग हुनु र चीन एमसीसीको विरोधमा भित्र भित्र लाग्नुले पनि असर देखिनथालेको छ । अब एमसीसी विरोधी कम्युनिस्ट शक्ति एक ठाउँमा उभिने अवस्था बनेबाट एमालेमा त्यसको असर देखिनसक्छ । जसका कारण विभाजनसम्म हुने अवस्था विकास भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै

पदाधिकारी भएर पनि पार्टीको निर्णय अरु कसैबाट थाहा पाउनु परेको सुमनाको गुनासो, पदको वजन नभएको महशुसपछि राजीनामा


TOP