सोमबार , भाद्र १५, २०८३

नेकपा एमाले फेरि फुटको संघारमा पुगेको छ । एमालेका १० बुँदे पक्षधरहरु अध्यक्ष केपी शर्मा ओलीको तारोमा पर्दै जानुले विभाजनको रेखा कोरिइरहेको थियो । त्यसमाथि अमेरिकी सहयोगसम्बन्धी एमसीसीले एमालेमा फेरि धाँजा फाटेको छ ।एमसीसी पारित गर्ने पक्षमा केपी शर्मा ओली देखिएका छन् । तर, नेता डा. भीम रावल खुलेरै एमसीसीको विरोधमा छन् । उनले लिखित रुपमै ओलीको चर्को आलोचना गर्दै एमसीसीबारे दोहोरो चरित्र देखाएको आरोप लगाए । एमसीसीको पक्षमा उभिए कडा कदम चाल्ने चेतावनी समेत दिएका छन् ।

एमसीसी पारित गर्ने पक्षमा ओलीले निर्णय लिए पनि रावलले मतदान गर्ने सम्भावना कम छ । रावल निकट केही सांसदहरु पनि विद्रोहमा जान सक्छन् । यसले एमालेभित्र नयाँ विवाद जन्माइसकेको छ ।

एमसीसीले एमालेभित्र तिव्र ध्रुवीकरण बढेको छ । रावलले एमसीसी विरोधीको समूहको नेतृत्व गर्न थालिसकेका छन् ।

राष्ट्रियसभा चुनावमा हार्नुमा १० बुँदे पक्षधरको नकारात्मक र अन्तर्घाती भूमिकाका रुपमा ओलीले व्याख्या गरिसकेका छन् । यसले पनि विवाद बढेको छ ।

एमसीसीका पक्षमा एमाले उभिएमा विभाजन टार्न कठिन छ । रावलले ठूलै धक्का दिने तयारी समेत गरेको बुझिएको छ ।

नेकपा छँदै एमालेको निकटता चिनियाँ कम्युनिस्ट पार्टीसँग हुनु र चीन एमसीसीको विरोधमा भित्र भित्र लाग्नुले पनि असर देखिनथालेको छ । अब एमसीसी विरोधी कम्युनिस्ट शक्ति एक ठाउँमा उभिने अवस्था बनेबाट एमालेमा त्यसको असर देखिनसक्छ । जसका कारण विभाजनसम्म हुने अवस्था विकास भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता


TOP