सोमबार , भाद्र १५, २०८३

एमाले निकट युवा संघले स्वास्थ्यमन्त्री विरोध खतिवडाले कोरोनाविरुद्धको खोप गायव बनाएर राज्यको २ अर्व ४० करोड हिनामिना गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दर्ता गरेको छ ।

युवा संघले मन्त्री खतिवडाविरुद्ध मंगलबार उजुरी दर्ता गरेको हो । उजुरी दर्ता गर्न युवा संघका नेता कार्यकर्ता अख्तियारको केन्द्रीय कार्यालय टंगाल पुगेका थिए ।
मन्त्री खतिवडाले स्वास्थ्यमन्त्रीको रुपमा जिम्मेवारी लिएपछि कोभिड १९ विरुद्धको २४ लाख खोप गायव भएको भन्दै अख्तियारमा उजुरी दर्ता गरेको राष्ट्रिय युवा संघका सहसंयोजक सजिंवकुमार सुरज झाले जानकारी दिए । मन्त्री खतिवडालाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३,८,१७ तथा अन्य कानुनी प्रावधान बमोजिम भ्रष्टाचार संलग्न भएकाले कारवाही गर्न अख्तियारमा दर्ता भएको उजुरीमा उल्लेख छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता


TOP