आइतबार , जेठ १२, २०८२

मंगलबार देशका थोरै ठाउँमा वर्षा र हिमपात हुने सम्भावना रहेको मौसमविद्ले बताएका छन्।

पश्चिमी वायुको प्रभावले मंगलबार दिउँसो प्रदेश १, बागमती तथा गण्डकी प्रदेशका थोरै स्थानहरुमा र मधेस प्रदेश तथा लुम्बिनी प्रदेशका एकदुई स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको मौसमविद् मन्जु् बासीले जानकारी दिइन्।उनका अनुसार देशको उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना पनि रहेको छ। प्रदेश १, बागमती तथा गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागहरुमा आंशिक बदली रहनेछ।

यस्तै राति प्रदेश १ र गण्डकी प्रदेशका थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ। देशको उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरुमा हल्का हिमपातको संभावना रहेको छ।

यसैगरी बुधबार दिउँसो प्रदेश १, मधेस प्रदेश, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली हुनेछ। बाँकी भूभागमा मौसम सामान्यतया सफादेखि आंशिक बदली रहनेछ। प्रदेश १, बागमती तथा गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक दुई स्थानमा हल्का हिमपातको संभावना रहेको छ।

बुधबार रातिदेखि भने देशका धेरै ठाउँमा वर्षासँगै हिमपात हुनेछ। पश्चिम नेपालबाट अर्को प्रणाली प्रवेश गर्न लागेकाले बुधबार रातिदेखि पानी र हिउँ पर्ने क्रम बढ्ने मौसमविद् बासीले जानकारी दिइन्।

उनका अनुसार यसको प्रभावले बुधबार राति सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी भूभागका एक दुई स्थानमा हका वर्षाको सम्भावना रहेको छ।

सुदूरपश्चिम र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका धेरै तथा गण्डकी, बागमती र प्रदेश १ का उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरुमा हल्का हिमपातको संभावना रहेको छ।

प्रदेश १, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिकदेखि सामान्य बदली तथा कर्णाली र सुदूरपश्चिम प्रदेशमा सामान्य देखि पूर्ण बदली रहनेछ। मधेश प्रदेशमा भने मौसम सामान्यतया सफा रहनेछ।

बुधबार राति नेपाल प्रवेश गर्ने प्रणालीको प्रभावले बिहीबार दिउँसो कर्णाली तथा सुदूरपश्चिम प्रदेशका धेरै तथा लुम्बिनी र गण्डकी प्रदेशका केहि भूभागमा हल्का वर्षाको सम्भावना रहेको छ।

प्रदेश १, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका धेरै स्थानमा हल्का हिमपातको संभावना रहेको छ। प्रदेश १, मधेस, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागहरुमा मौसम सामान्यतया सफा देखि आंशिक बदली रहनेछ।

यस्तै बिहीबार राति कर्णाली तथा सुदूरपश्चिम प्रदेशका धेरै तथा लुम्बिनी, गण्डकी, बागमती र मधेश प्रदेशका केही भूभागमा मेघगर्जनसहितको हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

प्रदेश १, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका धेरै स्थानमा हल्का हिमपातको संभावना रहेको छ।

उनका अनुसार बिहीबार राति यो प्रणाली देशभर फैलिएर शुक्रबार देशका धेरै ठाउँमा पानी र हिउँ पर्ने सम्भावना छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

पदाधिकारी भएर पनि पार्टीको निर्णय अरु कसैबाट थाहा पाउनु परेको सुमनाको गुनासो, पदको वजन नभएको महशुसपछि राजीनामा

आजको राशिफल ~ वि.सं. २०८२ वैशाख २३ गते मङ्गलवार : श्री देवकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

जनप्रदर्शनमा डेढ लाखभन्दा बढी मानिस उतार्ने मोर्चाको तयारी, १४ वटा नारा पनि तय


TOP