मंगलबार , अषोज २७, २०८३

कोभिड-१९ महामारी नियन्त्रण एवं रोकथाममा भुटानले जति सफलता अरु मुलुकले पाएका छैनन् भन्दा फरक पर्दैन । त्यहाँ महामारीबाट ज्यान गुमाउनेको संख्या पनि अति नै कम छ ।

पछिल्लो विवरण अनुसार भुटानमा हालसम्म ४ हजार ६८५ जनामा कोभिड संक्रमण पुष्टि भएको छ । यसमध्ये २ हजार ७८० जना निको भइसकेका छन् । त्यहाँ कोभिड-१९ बाट अहिलेसम्म केबल ४ जनाको ज्यान गएको छ ।त्यस्तै, भुटानमा झण्डै सबै वयस्कले कोभिड खोपको पूर्ण मात्रा लगाइसकेका छन् । शुक्रबार कोभिड-१९ बाट बिरलै हुने मृत्यु संख्या ४ पुगेपछि भुटानका प्रधानमन्त्रीले महामारीसँग जुध्न थप सक्रिय हुनुपर्ने बताइसकेका छन् ।

चिकित्सकसमेत रहेका त्यहाँका प्रधानमन्त्री लोटे छिरिङले पछिल्लो मृत्युले महामारीविरुद्ध थप सक्रिय हुनुपर्ने तीतो सन्देश दिएको बताएका हुन् । छिरिङले शनिबार फेसबुकमा लेखेका छन्, ‘एक जनाले अमूल्य जीवन गुमाएको सुन्दा गोली लागे जस्तै महसुस भएको छ।’

‘म सारा मुलुकसँगै शोकाकुल भएको छु’, उनले अघि लेखेका छन्, ‘र हाम्रा प्यारा मित्रका लागि प्रार्थना गर्न चाहन्छु।’ कोरोना भाइरस निर्मूलका लागि भुटान प्रतिबद्ध भएको र रोकथाम गर्न सकिने रोगबाट मानिसको ज्यान जान नहुने पनि उनको भनाइ थियो।

पछिल्लो समय अन्य मुलुकमा झैं भुटानमा समेत ओमिक्रोन भेरियन्टका कारण कोभिड संक्रमितको संख्या बढ्न थालेको छ । त्यहाँ शुक्रबार थप २०५ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । जुन संख्या महामारी सुरुयताकै धेरै हो।

शुक्रबार नै थप १ जनाको मृत्यु भएपछि प्रधानमन्त्री छिरिङले निकै दु:खी हुँदै आफ्नो पीडा फेसबुकमार्फत् पोखेका हुन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP