मंगलबार , बैसाख २९, २०८३

शनिबार बेलुका नेपाल र मरिससबीच भएको मैत्रीपूर्ण खेलमा हजारौं दर्शकले दशरथ रंगाशाला पुगेर फुटबल हेरे । रंगशालामा फुटबल खेल हेर्न पुगेका दर्शकबीच न त भौतिक दूरी कायम भएको देखिन्थ्यो न त स्वास्थ्य जाँच नै ।

सरकारले माघ ३ गतेबाट लागू हुनेगरी सिनेमा हल, विद्यालय, जिम सेन्टर बन्द गर्ने निर्णय गरर्‍यो । माघ १५ गतेसम्म लागू गरिएको निर्णय माघ ३० सम्म लम्ब्याइएको छ ।एकातिर विद्यालय, जिम, सिनेमा हल बन्द गरेको सरकारले सार्वजनिक यातायातमा लागू गरेको जोरबिजोर प्रणाली समेत हटाइसकेको छ । एकातिर रंगशालामा हजारौं दर्शकलाई प्रवेश दिने, सार्वजनिक यातायातमा लागू गरेको जोरबिजोर प्रणाली हटाउने तर अर्कोतिर केही सय दर्शकले भौतिक दूरी कायम गर्दै, सुरक्षाको सम्पूर्ण उपाय अबलम्बन गर्दै चलचित्र हेर्ने सिनेमा हल भने बन्द गर्ने सरकारको निर्णय आफैंमा विरोधाभासपूर्ण भएको भन्दै आलोचना भइरहेको छ ।

चलचित्र संघका महासचिव अशोक शर्मा सीसीएमसी र सरकारमा बस्नेहरुको भ्रम हटाउन नसकिएको बताउँछन् । उनी भन्छन्, ‘हामीले सीसीएमसीका पदाधिकारी र मन्त्रीलाई यो विषयमा बारम्बार कुरा गरेर भ्रम हटाउने कोशिश त गर्‍यौं, तर सकेनौं । विश्वमै सबैभन्दा सुरक्षित मानिएको सिनेमा हल नेपाल सरकारका लागि मात्र कोरोना हब बन्छ भन्ने भ्रम कसरी छ भन्ने कुरामा हामी आफैं पनि चकित छौं ।’

शर्माले यो विषयमा सोमबार सूचना तथा सञ्चार मन्त्रालयका पदाधिकारीसँग भेट हुने पनि बताए । ‘सञ्चार मन्त्रालयले आज नै सीसीएमसीलाई पत्र काट्दै हल खोल्न आग्रह गरेको छ । हामीले पनि पहल छाडेका छैनौं । हलबाट कोरोना सर्छ भन्ने भ्रमबाट सबै जना मुक्त हुनुपर्छ ।’

पुस ३० गते रिलिज भएको चलचित्र ‘चपली हाइट ३’ प्रदर्शन हुँदाहुँदै सरकारले हल बन्द गर्ने निर्णय गरेको थियो । सीसीएमसीले कोरोना खोप कार्ड लगाएकालाई मात्र हलमा प्रवेश गर्ने निर्णय गरेको थियो । तर मन्त्रिपरिषद्को बैठकले हल नै बन्द गर्ने निर्णय गरिदियो । जसले प्रदर्शन भइरहेका र र रिलिजका लागि प्रचारप्रसार आरम्भ गरेका चलचित्रहरु प्रभावित भए ।

हल बन्द गर्दाको असर चलचित्र निर्माणमा पनि परेको छ । अहिले नयाँ चलचित्रको निर्माण अवरुद्ध भएको छ । कोरोना महामारीपछि साढे ३ महिना सञ्चालनमा आएको हल बन्द हुँदा हल सञ्चालकहरु मर्कामा परेका छन् । विस्तारै तंग्रिदै गएको चलचित्र क्षेत्र फेरि अलमलमा परेको छ ।

चलचित्र क्षेत्रलाई सुचारु गर्न हल खोल्नुपर्ने चलचित्रकर्मीको माग छ । सरकारसँग कुरा भइरहेकाले चाँडै नै सुरक्षित रुपमा सिनेमा सञ्चालन गर्न पाइनेमा चलचित्र संघ पनि आशावादी बनेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP