बुधबार , भाद्र १७, २०८३

लन्डन । बेलायती टेनिस खेलाडी एम्मा र्‍याडुकानु एकजना नेपालीका कारण तनावग्रस्त बनेकी छन् । साउथ इष्ट लन्डनस्थित उनकै घरसम्म पुगेर पिछा गरेको आरोपमा ३५ वर्षीय अमृत मगरलाई ब्रोम्ली मेजिस्ट्रेट कोर्टले शुक्रबार दोषी ठहर गरेको हो । लन्डनस्थित एजवेयर बस्दै आएका विवाहित मगरले एम्माको पिछा गरेको र घरमा पुगेर उनको बाबुको जुत्ता सौगातको रूपमा चोरेको आरोपमा अदालतले दोषी ठहर गरेको हो । ढोकामा राखिएको सिसिटिभी फुटेजबाट उनलाई समातिएको हो ।

डेली मेलले जनाएअनुसार गत डिसेम्बर महिनामा कम्तीमा तीन पटकसम्म मगर एम्माको घरमै पुगेका थिए । विगतमा अमेजनको डेलिभरी ड्राइभरका रूपमा समेत काम गरेका उनले पहिलोपटक एम्माको घरमा पुगेर ’यु डिजर्भ लभ’ ( तिमी मायाको हकदार छौ) लेखेर फूलको गुच्छा छोडेका थिए । त्यसक्रममा एम्माका बाबुआमाले भेटेर सोधपुछ गर्दा उनले आफू डेलिभरी ड्राइभर रहेको र फूल अरूले नै पठाएको भन्दै झुट बोलेका थिए ।

दोस्रोपटक एम्माको घरमा पुगेका मगरले क्रिसमस डेकोरेशनसहितको एक नक्सा कोरेर उनलाई भेट्न २३माइल लामो यात्रा गरेर आएको बताएका थिए । अदालतसँगको बयानका क्रममा एम्माले मगरका कारण आफ्नो स्वतन्त्रता खोसिएको अनुभव गरेको सुनाएकी थिइन् । सोही कारण आफ्नो घरबाट बाहिर निस्किँदा र त्यसमा पनि एक्लै हुँदा आफूलाई झन् असुरक्षित महसुस हुने गरेको उनको बयान थियो । यही तनावका कारण आफ्नो घर नै परिवर्तन गर्न चाहेको पनि उनले बताएकी थिइन् । १९ वर्षीय एम्माले गतवर्ष विश्व प्रतिष्ठित युएस ओपनको उपाधि जितेकी थिइन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता


TOP