मंगलबार , बैसाख २९, २०८३

प्रधानमन्त्री समेत रहेका नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा चुनावका लागि अगाडि बढेका छन् । उनले जेठभित्र स्थानीय निकायको निर्वाचन गर्ने सहमति सत्ता गठबन्धनभित्र बनाइसकेका छन् ।जेठमा स्थानीय चुनाव गर्ने देउवाको तयारीसँगै प्रतिनिधि सभा र प्रदेश सभाको चुनाव पनि जतिसक्दो छिटो गर्ने प्रयास रहेको बुझिएको छ । उनी सकभर तीन तहको चुनाव एकसाथ गर्न चाहन्छन् । नभए जेठभित्र स्थानीय तहको चुनाव गरिसक्ने निर्णयमा पुगेका छन् ।

सत्ता गठबन्धनका नेताहरुमध्ये प्रचण्डले वैशाखमा प्रतिनिधि सभाको निर्वाचनको प्रस्ताव गरेका थिए । माधवकुमार नेपालले अर्को वर्षको फागुनमा तीन तहको चुनावको प्रस्ताव गरेका थिए । प्रचण्ड पनि तीन तहको चुनाव एकसाथ गर्ने पक्षमा उभिएका थिए ।

देउवाले संविधान अनुसार ५ जेठभित्रै स्थानीय निकाय जनप्रतिनिधिविहिन नबनाउने गरी चुनाव घोषणाको तयारी गरिसकेका छन् । तर, उनले प्रतिनिधि सभाको चुनाव पनि सकेसम्म चाँडै गर्ने प्रयास जारी राखेको बुझिएको छ । अन्यथा चुनाव मंसिरमा भने गर्ने नै निश्चित भइसकेको बुझिएको छ ।

देउवा चुनावका लागि बढ्नुमा काँग्रेसको बलियो स्थिति पनि कारण हो । काँग्रेस नेतृत्वको सरकार हुनु, कम्युनिस्ट पार्टी विभाजित हुनु, सत्ता गठबन्धन मिलेमा झन् बढी स्थानमा जित हासिल गर्न सकिने आँकलनका साथ देउवा बढेको बुझिएको छ ।

चुनाव जति ढिलो हुन्छ उति काँग्रेसलाई घाटा पर्न सक्ने सुझावहरु देउवा कहाँ पुगेको बुझिएको छ । अर्कोतर्फ, चुनाव तोकिएको मितिभन्दा पर नसार्न काँग्रेसभित्रैबाट देउवामाथि दबाब परेको थियो । उनी निकटस्थले पनि चुनाव ढिलो नगर्न सुझाव दिएका थिए ।

चुनाव नहुँदा विभिन्न पक्षले खेल्नसक्ने तर्फ समेत सचेत गराए । देउवा विगतमा चुनाव गर्न नसकेर पदबाट हटाइएको इतिहास पनि छ । यसकारण पनि उनी झस्किए ।

राष्ट्रपति विद्यादेवी भण्डारीले लिखित पत्र नै लेखेर देउवालाई चुनावका लागि दबाब दिइन् । निर्वाचन आयोगले पनि स्थानीय निकायको निर्वाचन ५ जेठ अगावै हुनुपर्ने र प्रतिनिधि सभा र प्रदेशहरुको चुनाव मंसिरभित्र भइसक्नुपर्ने जानकारी गरायो । यसले पनि देउवा दबाबमा परे । उनी चुनावको मिति घोषणा गर्नेतर्फ अगाडि बढे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP