मंगलबार , बैसाख २९, २०८३

जयनगर–कुर्था मार्गमा रेल सञ्चालनका लागि तयारी पूरा भएको छ । यससँगै नेपाल–भारत दुवै देशका प्रधानमन्त्रीले उद्घाटन गर्ने मिति तोक्न छलफल भइरहेको छ ।रेल सञ्चालनका लागि कानुन (अध्यादेश), बजेट, एसओएस, प्राविधिक र आवश्यक कर्मचारीलाई तालिम दिइएको नेपाल रेलवे कम्पनीका महाप्रबन्धक निरञ्जन झाले बताए । रेल सञ्चालनका लागि ६० जना कर्मचारीलाई भारतीय प्राविधिक र रेलका कर्मचारीबाट तालिम दिइएको छ ।

‘भौतिक संरचना हस्तान्तरण भए पनि महत्त्वपूर्ण काम बाँकी थियो,’ झाले भने, ‘रेल सञ्चालनको तयारीमा जुटेका छौं । अहिले तयारी पूरा भएको छ । दुई देशका प्रधानमन्त्रीले उद्घाटन गर्ने मिति तोक्न बाँकी छ ।’ दुई देशका प्रधानमन्त्रीस्तरबाट उद्घाटन हुने भएकाले रेल सञ्चालनको मिति तय हुन नसकेको उनले बताए । आउँदो फेब्रुअरी दोस्रो सातासम्म दुवै देशका प्रधानमन्त्रीबाट रेल सेवा उद्घाटन गराउने गरी काम भइरहेको झाले जानकारी दिए ।

भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणु यादवले पनि रेल सेवा उद्घाटनका लागि प्रधानमन्त्रीको समय मिलाउनेबारे छलफल गरिरहेको प्रस्ट्याइन् । प्रधानमन्त्री शेरबहादुर देउवा भारत भ्रमणमा जाँदा उद्घाटन मिति तय हुने तयारी भए पनि भ्रमण रद्द हुँदा समय तोक्न ढिलाइ भएको झाले बताए ।

कुर्थादेखि जयनगरसम्म चल्ने रेलवे सेवाको भाडासमेत तय भइसकेको छ । कुर्था–जयनगरसम्म एसी बोग्गीमा प्रतिव्यक्ति ३ सय रुपैयाँ र सामान्यमा प्रतिकिमि २ रुपैयाँ भाडा निर्धारण गरिएको छ । रेल सेवाको सुरक्षाका लागि सशस्त्र प्रहरीको डीएसपीको नेतृत्वमा १ सय ६० सदस्यीय कार्यदल गठन प्रक्रियासमेत अगाडि बढाइएको झाले जानकारी दिए ।

जयनगर–कुर्था ३५ किलोमिटर खण्ड रेल सेवा सञ्चालनको अन्तिम तयारी भइरहेको र कुर्था–भंगहा १७ किमि दोस्रो खण्ड निर्माण पनि कम्पनीले हस्तान्तरण गर्ने तयारी गरेको छ । निर्माण काम अन्तिम चरणमा रहेको र केही दिनभित्रै दोस्रो खण्ड पनि हस्तान्तरण हुने झाले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP