मंगलबार , बैसाख २९, २०८३

बुटवलमा निर्माणाधीन अन्तर्राष्ट्रिय प्रदर्शनी केन्द्र निर्माणको काम कछुवा गतिमा अघि बढेको छ । बुटवल उपमहानगरपालिका-१० रामनगरस्थित बुटवल मण्डपमा साढे १० बिघा क्षेत्रफलमा ‘बुटवल प्रदर्शनी केन्द्र’ निर्माण भइरहेको छ ।

गत ०७६ जेठ १३ गते शिलान्यास भई २७ महिनामा पूरा गर्ने भनिएको आयोजना समयमा पूरा नहुने भएपछि गत साउन ४ मा आउँदो चैत महिनाको मसान्तसम्म म्याद थपिएको थियो । नेपाल सरकारको शहरी विकास मन्त्रालय, शहरी विकास र भवन निर्माण विभाग अन्तर्गतको बुटवल सभाहल तथा प्रदर्शनी केन्द्र निर्माण कार्यान्वयन इकाइले ग्लोबल टेन्डरमार्फत क्यापासिट इन्फ्रा प्रोजेक्ट्स–गौरी पार्वती जेभी कम्पनीले निर्माणको ठेक्का पाएको थियो ।थपिएको म्याद सकिन दुई महिना मात्र रहँदा बल्ल ३६ प्रतिशत मात्र पूरा भएको आयोजनाका प्रमुख धर्मेन्द्र पन्थले बताए । ‘रुख कटान प्रकृया र कोरोना महामारीका कारण निर्माणमा ढिला भएको हो’, आयोजनाका प्रमुख धर्मेन्द्र पन्थले भने, ‘आउँदो चैतमा पनि निर्माण पूरा नहुने निश्चित भएपछि फेरि २०७९ सा चैत मसान्तसम्म काम पूरा गर्ने र २०८० वैशाखमा उद्घाटन गर्ने गरी म्याद थप्ने तयारी छ ।’

यस्तो बन्नेछ प्रदर्शनी केन्द्र

बुटवलको राजमार्ग चौराहबाट पूर्वपट्टि बुटवल मण्डपको कुल जग्गा साढे १६ बिघा छ । यही जग्गामा अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र र प्रदर्शनीस्थल बन्न लागेको हो । एक अर्ब दुई करोड रुपैयाँभन्दा बढी लागतमा बन्ने यो प्रदर्शनी स्थल मुलुककै नमूना हुने बताइएको छ ।

८३८ वटा स्टलहरु रहने तथा एक हजार जना क्षमताको दुई वटा मिटिङ हल र एक हजार जना क्षमताको फुड कोर्ट रहने प्रदर्शनी केन्द्रमै हरियालीसहितका चिल्ड्रेन पार्क, आधुनिक बैठक कक्ष, व्यवस्थित पार्किङ क्षेत्रसहित हरियालीयुक्त वातावरणका पेभेलियनहरु तयार पारिनेछन् ।

खुला स्थानमा ठूला–ठूला उपकरणहरूको छुट्टै प्रदर्शनी गराइनेछ । त्यहाँ डोजर, लोडर, गाडीलगायत साधनहरूको प्रदर्शनी हुनेछ । प्रदर्शनी केन्द्रका लागि ट्रस सिस्टमको ठूलो हलमा १२ हजार स्क्वायर मिटरमा प्रदर्शनी गर्न मिल्ने गरी मूल स्थलको डिजाइन गरिएको छ ।

निर्माणमा ढिलाइ भएपछि रुपन्देही उद्योग संघले चासो व्यक्त गरेको छ । शुक्रबार संघको एक प्रतिनिधिमण्डलले प्रदर्शनी केन्द्र निर्माण स्थलको अवलोकन गर्दै निर्माण कार्य छिटो पूरा गर्न संघका अध्यक्ष माधव पौडेलले आयोजना प्रमुखलाई आग्रह गरे ।

संघले आउँदो २०७९ सालको पुसमा राष्ट्रिय औद्योगिक प्रदर्शनी आयोजना गर्ने भएकाले सो अगावै निर्माण सम्पन्न भएमा प्रदर्शनी आयोजनाको अस्थायी संरचनामा हुने लाखौं रुपैयाँ बचत हुने बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP