मंगलबार , बैसाख २९, २०८३

भिजिट लगायत विभिन्न भिसामा नेपालीलाई विदेशी भूमिमा अलपत्र पार्ने क्रम बढेपछि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले ‘मार्सल टोली’ गठन गरेको छ ।

वैदेशिक रोजगारीको प्रलोभन देखाइ विदेशका विभिन्न देशमा नेपाली नागरिकलाई अलपत्र पारेको भन्दै उजुरीहरू आउन थालेपछि मन्त्रालयका उपसचिवको संयोजकत्वमा मार्सल टोली गठन गरी नेपाल प्रहरीको समेत सहभागितामा दोषी उपर कारबाही गर्न थालिएको छ ।

भिजिट भिसामा नेपालीहरूलाई यूएई लगायतको देशमा पुर्‍याउने र अलपत्र पार्ने क्रम बढेपछि बुधबार गृह मन्त्रालयका सहसचिवको संयोजकत्वमा भिजिट भिसाले निम्त्याएको समस्या बारे अध्ययन गरी ठोस् कार्य योजना बनाउन कार्यदल गठन गरेको छ ।

त्यसपछि श्रम मन्त्रालयले वैदेशिक रोजगार विभागका निर्देशकको संयोजकत्वमा तत्काल प्रतिउत्तर कार्य टोलीसमेत गठन गरेको छ ।

पछिल्लो समय विभिन्न प्रलोभनमा पारी वैदेशिक रोजगारीमा लाने र अलपत्र पार्ने गरेको भन्दै इजाजत पत्र प्राप्त म्यानपावर, शैक्षिक परामर्शदाता संस्थाहरू, ट्राभल एजेन्सीहरू र विभिन्न बिचौलियाहरू विरुद्ध मन्त्रालयमा उजुरी परेका छन् ।

वैदेशिक रोजगारीको सन्दर्भमा नेपाली नागरिकलाई विदेशी भूमिमा अलपत्र पार्ने जुनसुकै संस्था वा व्यक्तिलाई प्रचलित कानुन अनुसार कारबाहीको दायरामा ल्याउन र पीडितलाई न्याय दिलाउन प्रतिबद्ध रहेको श्रम मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै भनेको छ ।

वैदेशिक रोजगारीको क्रममा अलपत्र परेको ठगीमा परेको, विभिन्न समस्या तथा अप्ठेरोमा परेमा त्यस्तो समस्यामा पार्ने व्यक्ति वा संस्थालाई कानुनी दायरामा ल्याउन जानकारी दिन समेत मन्त्रालयले अनुरोध गरेको छ ।

त्यसका लागि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीको सचिवालयमा ९८२३२५६७०४, ९८२३२५६७०६ नम्बर सम्पर्क गर्न सकिन्छ भने मन्त्रालयको कल सेन्टरमा ९७७१५९७००८ वा ११४१ नम्बरमा २४ सैं घण्टा फोन गरेर आफ्नो समस्या र गुनासो टिपाउन सकिन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP