बुधबार , भाद्र १७, २०८३

‘अपत्यारिलो अभियोग’ लगाएर पुर्पक्षका लागि कारगार पठाइएका एक युवालाई धरौटीमा रिहा गर्न सर्वोच्च अदालतले आदेश दिएको छ। सर्वोच्चका न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ र सपना प्रधान मल्लको संयुक्त इजलासले उनलाई २५ हजार धरौटीमा रिहा गर्न आदेश दिएको हो।

२८ करोड रुपैयाँ राजस्व छली गरेको अभियोग लगाएर उमाशंकर रायभरलाई पुर्पक्षका लागि थुनामा पठाइएको थियो। उनको नागरिकता दुरुपयोग गर्दै कम्पनी खडा गरी राजस्व छली भएको थियो।

यसअघि उच्च अदालत पाटनले ७५ लाख धरौटी माग गर्ने आदेश गरेको थियो। तर उक्त रकम बुझाउन नसकेपछि उनी थुनामुक्त हुन सकेका थिएनन्। पाटनको उक्त आदेश बदर गर्दै सर्वोच्चले २५ हजार कायम गरिदिएको हो।

फागुन १९ देखि ललितपुरको नख्खु कारागार चलान भएका थिए।

बाराको परवानीपुर–१ मा ऐलानी जग्गामा झुप्रो मात्र बनाउन सकेका उनले यति ठूलो रकम छली गर्न ‘असम्भव’ भएको तर अदालत र राजस्व अनुसन्धान विभागको कमजोरीका कारण मुद्दा चलाइएको भन्दै विरोध भएको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता


TOP