मंगलबार , बैसाख २९, २०८३

केन्द्रिय दुग्ध सहकारी संघले दूधको मूल्य तत्काल बढाउन माग गरेको छ । शुक्रबार एक विज्ञप्ति जारी गर्दै संघले दूधको मूल्य लिटरमा १० रुपैयाँ नबढाए कडा आन्दोलन गर्ने चेतावनी दिएको हो ।

‘दूधको मूल्य नबढाउँदा किसानहरु पेशाबाट पलायन भए, स्वदेशी दूधले नपुगेर दूध आयात गर्नुपर्ने अवस्था सृजना हुन लाग्यो,’ संघले भनेको छ, ‘तत्काल मूल्यवृद्धि नगरिए आन्दोलनमा जान्छौ ।’गत कात्तिक एक गतेदेखि नै दूधको मूल्य बढाउन संघले सरकारलाई सिफारिस गरे पनि अझै कार्यान्वयन नभएको संघको दाबी छ । शहरबाट हरेक दिन गाउँमा ५ करोड रुपैयाँ दूधको कारोबारकै कारण जाने गरेको भन्दै संघले किसानलाई पेशाबाट बिस्थापित गर्ने गरी मूल्य नबढाईनु दुःखद भएको संघका महासचिव रामप्रसाद आचार्यको दावी छ ।

संघले झण्डै पाँच लाख दूग्ध उत्पादक किसानको प्रतिनिधित्व गर्ने र मूल्य नबढाउन चलखेल भए कडा आन्दोलनमा जाने आचार्यले बताए । किसानलाई प्रतिलिटरमा ७ र दूग्ध उद्योगीलाई ३ रुपैयाँ नाफा राखेर दूधको मूल्य लिटरमा १० रुपैयाँ बढाउन राष्ट्रिय दूग्ध विकास बोर्डले कृषि मन्त्रालयलाई सिफारिस गरेको थियो ।

कृषकको नाममा सिमित व्यापारीलाई पोस्न दूधको मूल्य सिफारिस गरिएको भन्दै मूल्य सिफारिस अध्यायन समितिकै प्रतिनिधिले बिरोध जनाएपछि दूधको मूल्य बृद्धि विवादमा परेको थियो । किसानले उत्पादन गर्ने दूधको मूल्य बढाउँदा दुई वर्षमा उद्योगीलाई ७० करोड बढी नाफा सुरक्षित गरिएको भन्दै चौतर्फी आलोचना गरेपछि कृषि मन्त्री महेन्द्र राय यादव निर्णयबाट पछि हटेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP