मंगलबार , बैसाख २९, २०८३

जलेश्वर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा सतिश साह बर्दिबास जाँदै थिए। जनकपुरधामको पिडारी चोक पुग्दा फट्टा बोकेका हुलले उनी सवार प्रदेश २–०२–००१ झ ०१६३ नम्बरको सरकारी गाडी तोडफोड गर्‍यो। डा सतिशको अनुहारमा गम्भीर चोट लाग्यो।प्रहरीले डा साहलाई उद्धार गरी प्रादेशिक अस्पताल जनकपुरधाम पुर्‍यायो। उनको अनुहारमा गहिरो चोट लागेर आठ वटा टाँका लगाइएको छ। राष्ट्रिय सभा निर्वाचनमा मतदान गर्न आइरहेका प्रदेस सभा सदस्य अशोक यादव जानकी मन्दिर नजिक पुग्दा एक हुल फट्टाधारी उनी चढेको गाडीमाथि आक्रमण गर्‍यो। आक्रमणबाट गाडीको सिसा फुट्यो। डा सतिशको दायाँ हात नै भाँचिएको छ।

राष्ट्रिय सभा निर्वाचनमा सहभागी हुन आएका सर्लाहीको हरिवन नगरपालिकाका मेयर गणेश प्रसाईं सवार गाडी जनकपुरधाम–४ मा पुग्दा एक समूहले अन्धाधुन्ध आक्रमण गर्‍यो। आक्रमणबाट गाडीको सिसा चकनाचुर भयो। मेयर गणेश प्रसाईंको कन्चटमा चोट लाग्यो। गाडीमा सवार उपमेयर रेनुका पौडेल जोगिइन्।

जनकपुरधाममा राष्ट्रिय सभा निर्वाचन बिथोल्न सिके राउत नेतृत्वको जनमत पार्टीको उग्रताको सिकार प्रदेश सभा सदस्य, मेयरसहित डाक्टर पनि सिकार बन्न पुगे। प्रदर्शनकारीले निर्वाचनमा मतदान गर्न आउने जनप्रतिनिधिलाई लक्ष्य गरी अन्धाधुन्ध आक्रमण गरे। जसको परिणाम सातवटा सरकारी नम्बर प्लेटको गाडीमा तोडफोड भयो। सरकारी गाडीलाई सिकेका कार्यकर्ताले तारो बनाउँदा जलेश्वर अस्पतालको गाडीसमेत सिकार बन्न पुग्यो।

प्रदेशसभा सदस्य मनीष सुमन, नेत्रविक्रम साह चढेको गाडी, लहान नगरपालिकाका मेयर मुनि साह चढेको गाडी समेत सिके राउतको सिकार बन्न पुग्यो। यसअघि जनकपुरमा जनमत पार्टीका कार्यकर्ता र प्रहरीबीच झडप भएको थियो। राष्ट्रियसभाको मधेस प्रदेशको मतदानस्थलनजिक जनमत पार्टीका कार्यकर्ता र प्रहरीबीच झडप भयो।

महेन्द्र नारायण निधि स्मृति प्रतिष्ठानतर्फ जनमत पार्टीका कार्यकर्ताहरू बाँसका भाटा लिएर जान खोज्दा झडप भएको थियो। प्रहरीले सातजना जनमत कार्यकर्तालाई नियन्त्रणमा लिएको थियो । नागरिक दैनिकबाट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP