बुधबार , भाद्र १७, २०८३

सरकारले आजदेखि देशभरका भन्सार कार्यालयमा एकद्वार अनलाइन प्रणाली लागू गर्ने भएको छ।

७० औँ अन्तर्राष्ट्रिय भन्सार दिवसको अवसरमा बुधबारदेखि एकद्वार अनलाइन प्रणाली लागू गर्न लागिएको भन्सार विभागका महानिर्देशक नारायणप्रसाद सापकोटाले बताए।दिवसको नाराले भन्सार सम्बन्धी तथ्याङ्कको व्यवस्थापनलाई विद्युतीय माध्यममा लैजाने तय गरेको छ। त्यही अनुसार नेपालमा विद्युतीय माध्यमबाट तथ्याङ्क प्राप्ति र विश्लेषण गर्न आवश्यक सबै पूर्वाधारको एकीकृत विकासमा जोड दिएको उनको भनाइ छ।

यसै आर्थिक वर्षभित्र भन्सार एजेन्टको छनोट र इजाजत वितरण गर्ने तयारीमा रहेको पनि उनले बताए। महानिर्देशक सापकोटाका अनुसार अहिले देशभर ३८ वटा भन्सार कार्यालय छन्।

जनवरी २६ मा विश्वभर अन्तर्राष्ट्रिय भन्सार दिवस मनाउने गरिन्छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता


TOP