मंगलबार , अषोज २७, २०८३

लस भेगास । हालै अमेरिकाकी एक युवतीले ज्यान बचाउन आफूले मृगौला दिएका पूर्वप्रेमीले आफूलाई धोका दिएकोबारे सामाजिक सञ्जालमा सेयर गरेकी छन् ।

कोल्लिन लीले श्रृङ्खलाबद्ध टिकटक भिडियोमार्फत आफ्नो व्यथा पोखेकी छन् । उनले पाँच वर्ष अघिको घटनाबारे पहिलोपटक सन् २०२० को जुलाईमा भिडियो अपलोड गरेकी थिइन् । उनले त्यसको क्याप्सनमा लेखेकी थिइन्, ‘आशा छ, मेरो मृगौलाले राम्रै काम गरिरहेछ ।’

ली भन्छिन्, “मेरो पूर्व प्रेमीले आफू सत्र वर्षको उमेरको छँदादेखि आफूले मृगौलाको गम्भीर समस्याबाट पीडित भएकाले डायलाइसिस गराउँदै आएको बताए । उनले आफ्नो मृगौलाले ५ प्रतिशत मात्र काम गर्ने गरेको दुखेसो पनि पोखे । म उनलाई कुनै हालतमा पनि मरेको हेर्न सक्दिनथेँ । त्यसैले उनलाई आफ्नै मृगौला दिने विचार गरेँ । म्याच हुन्छ कि हुन्न भन्ने थाहा पाउन स्वास्थ्य परीक्षण गराएँ । खुसीको कुरो मेरो मृगौला ठ्याक्कै म्याच भयो । मैले प्रेम उपहारस्वरूप आफ्नो मृगौला दिएँ ।”

शल्यक्रिया सम्पन्न भएको सात महिनापछि आफू इसाई साथीहरूसँग लस भेगासमा आयोजना हुने ब्याचलर पार्टीमा भाग लिन जाँदै गरेको भन्दै लीलाई उनको प्रेमीले सन्देश पठाए । त्यसको केही दिनपछि लिको घरमा आएर उनले लीलाई आफूले धोका दिएको र त्यसका लागि माफ गरिदिन भने ।

लीले उनलाई माफ गरिदिइन् । उनलाई अर्को मौका दिइन् । तर, उनीहरूको सम्बन्ध तीन महिना भन्दा बढी लम्बिन सकेन । लिका प्रेमीले, “यदि भगवानले साँच्चै हामी दुई एक अर्काका लागि बनाएकै रहेछ भने अन्त्यमा हाम्रो मिलन हुने नै छ,” भन्दै उनीसँगको सम्बन्ध तोडे ।

ली भन्छिन्, “त्यसपछि उनले सामाजिक सञ्जालमा मलाई ब्लक गरे । मेरा फोनकल र टेक्स्टको जवाफ दिनै छाडे । यति मात्र होइन उनले मलाई अझै चित्त दुखाउँदै आफू असल हुँ भन्ने देखाउन मात्र मैले उनलाई मृगौला दिएको आरोप समेत लगाए ।”

टिकटकमा लिका भिडियोहरू लोकप्रिय हुन थालेपछि थुप्रै प्रयोगकर्ताहरूले सन्देशहरू पोस्ट गर्दै उनलाई साथ दिन थालेका छन् । लीले एउटा भिडियोमा मृगौलाकाबारे सबैलाई भनेर हिँडेकोमा आफूलाई प्रेमीले गाली गरेको पनि उल्लेख गरेकी छन् ।

नेक्स्टशार्कबाट ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP