मंगलबार , बैसाख २९, २०८३

निर्वाचन आयोगले स्थानीय तहको चुनावको मिति चाँडै तोक्न सरकारसँग आग्रह गरेको छ । आयोगले आज मङ्गलवार एक विज्ञप्ति निकालेर आउँदो जेठ ५ गतेदेखि स्थानीय तहका पदाधिकारीको कार्याकाल सकिने भएकाले चाँडै नयाँ मिति तोक्न आग्रह गरेको हो ।

स्थानीय तहको चुनाव २०७४ सालको वैशाख ३१ गते पहिलो चरण, असार १४ गते दोस्राे चरण र असोज २ गते तेस्राे चरणमा सम्पन्न भएकोमा पहिलो चरण २०७४ वैशाख ३१ गतेलाई आधार मानी स्थानीय तह निर्वाचन ऐन २०७३ को व्यवस्था बमोजिम स्थानीय तहका सबै निर्वाचित पदाधिकारीको कार्यकाल आउँदाे २०७९ जेठ ५ मा सकिने आयोगले जनाएको छ ।

यो विषयमा गएको कात्तिक ८ गते नै आयोगका पदाधिकारीले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर जानकारी गराएको तथा पुस ९ गते फेरि भेटेर स्थानीय तहका निर्वाचित पदाधिकारीको पदावधि सम्बन्धी व्यवस्थाको बारेमा जानकारी गराइ २०७९ वैशाख १४ गते बुधवारका दिन एकै चरणमा स्थानीय तहको चुनाव गर्ने गरी मिति तोक्न प्रस्ताव गरिएको आयोगले स्मरण गराएको छ । स्थानीय तहको चुनाव व्यवस्थापनका लागि कानुनतः आयोगलाई सामान्यतया एक सय २० दिन आवश्यक पर्ने भएकाले स्थानीय तहको चुनाव लक्षित गरी मतदाता नामावली सङ्कलन, मतदानस्थलको पुनरावलोकन र निर्धारण तथा चुनाव सम्पन्न गर्न आवश्यक अन्य पूर्वतयारीका काम निरन्तर गरिरहेको हुँदा आयोगले प्रस्ताव गरेअनुसार मिति तोकिएमा २०७९ वैशाख मसान्तभित्रै स्थानीय तहको चुनाव सम्पन्न गर्न तयारी अवस्थामा रहेको विज्ञप्तिमा उल्लेख छ ।

वर्तमान संवैधानिक एवम् कानुनी व्यवस्थाको आधारमा स्थानीय तहको चुनावको मिति तोक्ने काम जति ढिलाे हुँदै जान्छ त्यति नै व्यवस्थापनको कार्य व्यावहारिक एवम् प्राविधिक कारणले जटिल बन्दै जाने आयोगले जनाएको छ । ‘स्थानीय तह निर्वाचन ऐन २०७३ को दफा ४ को उपदफा (१) बमोजिम आयोगको परामर्शमा आउँदाे स्थानीय तहको चुनावकाे मिति चाँडै तोक्न नेपाल सरकार समक्ष निर्वाचन आयोग आग्रह गर्दछ’, विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP