बुधबार , बैसाख २४, २०८२

लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा)भित्र चर्किँदै गएको विवाद पार्टी बैठकसमेत बस्न नसक्ने अवस्थासम्म पुगेको छ । प्रदेश अध्यक्ष तथा जिल्ला अध्यक्ष नियुक्तिको विषयलाई लिएर अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो समूहबीच चर्केको विवाद अहिले बोलचालसमेत नहुने अवस्थामा पुगेको छ । अध्यक्ष ठाकुरको व्यवहार र कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै वरिष्ठ नेता महतो पार्टी कार्यालय जान पनि छाडेका छन् ।‘महन्थजी र राजेन्द्रजीको बीचमा बोलचालसमेत बन्द भएको अवस्था छ । राजेन्द्रजी त पार्टी कार्यालयमा समेत आउन छाडेको छन् । महिनौं बितिसक्दा पनि राजेन्द्रजीलाई पार्टी कार्यालयमा देखिएको छैन, पार्टी बैठक नबसेको पनि लामै समय भयो, यसले सबैलाई निराश बनाएको छ,’ जसपा स्रोतले भन्यो । अध्यक्ष ठाकुरले पार्टीमा छलफल नै नगरी जिम्मेवारी बाँड्न थालेपछि पार्टी पार्टीका रूपमा अघि नबढेको एक असन्तुष्ट नेताले बताए ।

अध्यक्ष ठाकुरले पार्टीको प्रदेश २ मा जितेन्द्र सोनललाई अध्यक्ष नियुक्त गर्नुका साथै विभिन्न जिल्लामा अध्यक्ष तोक्न थालेपछि विवाद बढेको छ । प्रदेश २ का पूर्वमन्त्री समेत रहेका सोनल प्रदेश सांसद तथा लोसपा कार्यकारिणी समितिका सदस्यसमेत हुन् । उनी तत्कालीन तमलोपा ठाकुर समूहका नेता हुन् ।

यस्तै, अध्यक्ष ठाकुरले विभिन्न जिल्लामा अध्यक्ष नियुक्त गरेका छन् । बारामा नवलकिशोर सिंह, पर्सामा पुरुषोत्तम झा, रौतहटमा लिला साह, सर्लाहीमा रामप्रसाद यादव, महोत्तरीमा रामबाबु साहलाई ठाकुरले अध्यक्ष नियुक्त गरेका छन् । राजधानी दैनिकबाट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै

पदाधिकारी भएर पनि पार्टीको निर्णय अरु कसैबाट थाहा पाउनु परेको सुमनाको गुनासो, पदको वजन नभएको महशुसपछि राजीनामा


TOP