बुधबार , भाद्र १७, २०८३

नेपाल–भारत सीमा क्षेत्रअन्तर्गत नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)को त्रिवेणीबाट गत मङ्सिर ६ गते एउटा गैँडा उद्धार गरी चितवन राष्ट्रिय निकुञ्जमा फर्काइयो ।नारायणी नदीमा आएको बाढीले बगाएर भारत पुर्‍याएको सो गैँडा नेपाल फर्केको मौका छोपी नेपाली प्राविधिकले उद्धार गरेर चितवन राष्ट्रिय निकुञ्ज फर्काएका हुन् ।

निकुञ्जका पशु चिकित्सक डा विजय श्रेष्ठले भने, “एउटा वयस्क गैँडा त्रिवेणीको उखुबारीमा भेटिएको स्थानीयवासीले खबर गरेपछि निकुञ्जको प्राविधिक टोलीले त्यसलाई उद्धार गरेर यतै (निकुञ्ज) ल्याएको हो ।” तर भारत पुगेका गैँडा र अन्य वन्यजन्तु फर्काउन त्यति सहज छैन ।

गैँडा उद्धार प्राविधिक टोलीका संयोजकसमेत रहेका डा श्रेष्ठले भने, “बगेर वा कुनै कारणले भारत पुगेका गैँडा कहिले फर्कन्छन् र उद्धार गरेर फर्काउन सकिन्छ भनेर कुरेरै बस्नुपर्ने बाध्यता छ ।”“

छवटा हात्ती परिचालन गरेर २० जनाको टोलीले गैँडालाई डार्ट (बन्दुकबाट बेहोस बनाउने औषधि दिने कार्य) गरेर उद्धार गरिएको हो”, डा श्रेष्ठले भने । यसरी उद्धार गरी ल्याइएको गैँडालाई सौराहा नजिकैको निकुञ्जको मध्यवर्ती क्षेत्रको कुमरोज सामुदायिक वनमा छाडिएको थियो ।

निकुञ्ज भएर बगेका नारायणी, राप्तीजस्ता नदीमा बाढी आउँदा वन्यजन्तु बगेर भारत पुग्छन् । यसरी बगेर गएका वन्यजन्तु नेपाल फर्काउन गारो छ । यद्यपि तीन वर्षयता चारवटा गैँडालाई नेपाली भूमिमा फर्केको मौका छोपी उद्धार गरिएको निकुञ्जले जनाएको आजको गोरखापत्र दैनिकमा खवर छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता


TOP