मंगलबार , बैसाख २९, २०८३

सर्वोच्च अदालतले पूर्वप्रधानन्यायाधीश मोहनप्रसाद शर्माको निधनमा आज सर्वोच्च अदालतसहित देशभरका अदालत बन्द रहने छन् । सर्वोच्चको शनिबार बसेको आकस्मिक पूर्ण बैठकले शर्माको निधनमा आज आइतबार देशभरका अदालतमा शोक बिदा दिने निर्णय गरेको हो ।

‘शर्माको असामयिक निधनमा शोक मनाउन ९ माघ नेपालभरका सर्वोच्च अदालत, उच्च अदालत, जिल्ला अदालत, विशेष अदालत एवं अन्य अदालत र न्यायाधीकरणहरु शोक बिदाको रूपमा बन्द रहने,’ निर्णयमा उल्लेख छ ।

शर्माको बुधबार निधन भएको थियो । उनका छोरा विदेशबाट आएपछि शनिबार अन्त्येष्टि गरिएको थियो । २०१६ सालमा सरकारी सेवामा प्रवेश गरेका शर्मा ३० चैत २०५४ देखि ३० मङ्सिर २०५६ सम्म प्रधानन्यायाधीश रहेका थिए ।

सर्वोच्चले आफ्नो विज्ञप्तिमा शर्माले आफ्नो कार्यकालमा स्वतन्त्र न्यायपालिको मूल्य मान्यता स्थापित गर्न र न्याय तथा कानुन क्षेत्रको विकासका लागि अतुलनीय योगदान पुर्‍याएको उल्लेख गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP