मंगलबार , बैसाख २९, २०८३

पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले आफ्ना अध्यक्ष केपी शर्मा ओलीलाई बारम्बार हिटलरको संज्ञा दिएपपछि नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले आक्रोश पोखेका छन्।

ओलीका कट्टर आलोचक डा. भट्टराईले आज बिहान पनि एमाले एवं ओलीलाई हिटलरसँग तुलना गरेका छन्।

यसैको जवाफमा पूर्वमन्त्रीसमेत रहेका एमाले नेता बाँस्कोटाले डा. भट्टराईलाई नै हिटलरको उपमा दिएका हुन्।

डा. भट्टराई नेकपा माओवादीको नेतृत्वमा १० वर्षसम्म सञ्चालन भएको सशस्त्र विद्रोहका शीर्ष नेतामध्ये एक हुन्।

‘हारजंगमा आठ जना नागरिकलाई घरभित्रै थुनेर जिउँदै जलाएर मार्ने, चितवनमा ४ वर्षीया बालिका काजोल खातुनलाई बसभित्रै जलाएर मार्ने हत्याराले बारम्बार एमालेलाई हिटलरसँग जोड्न खोज्नुको अर्थ के हो’, बाँस्कोटाले लेखेका छन्, ‘हिटलरको ग्यास च्याम्बर र भट्टराईको हारजंग च्याम्बरमा कुनै भिन्नता छैन।’

यतिले पनि चित्त नबुझेर बाँस्कोटाले डा. भट्टराईविरुद्ध थप आक्रोश व्यक्त गरेका छन्।

अगाडि लेखेका छन्, ‘अझ थप्छु– सामाजिक फासीवादी भट्टराई र फासीवादी हिटलर दाजुभाइ हुन्। रेणु (यातायातमन्त्री रेणु यादव) को राजीनामा रोक्न सार्वजनिक धम्की दिनु आवश्यक छैन। विदेशी एजेन्डा बोक्ने भट्टराई उफ्रेर एमालेको केही हल्लँदैन।’

भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणु यादवले गत बुधबार रौतहटमा आयोजित एक कार्यक्रममा गौर नरसंहार दोहरिन सक्ने र जनमत पार्टीका अध्यक्ष सीके राउत मारिन सक्ने चेतावनी दिएपछि अहिले उनको चौतर्फी आलोचना भइरहेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP