मंगलबार , बैसाख २९, २०८३

इजरायलले नेपालीलाई निर्माण क्षेत्रमा पनि रोजगारी दिने भएको छ । नेपाल र इजरायल सरकारले नेपाली नागरिकलाई इजरायलमा निर्माण क्षेत्रमा काम गर्न पठाउने द्विपक्षीय सम्झौताको तयारी गर्न संयुक्त कार्यदल गठन गर्ने निर्णय गरेसँगै इजरायलमा रोजगारीको नयाँ क्षेत्र खुलेको हो ।

परराष्ट्रमन्त्री डा. नारायण खड्का र नेपालका लागि इजरायलका राजदूत हानान गोडर गोल्डबर्गरबीच बुधबार दिउँसो परराष्ट्र मन्त्रालयमा भएको वार्तापछि उक्त निर्णय भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

इजरायलको केयर गिभरका लागि पहिलो चरणमा १ हजार १ सय ७५ जना छनौट गरिएकोमा हालसम्म ९ सय ९४ कामदारसँग सम्झौता भइसकेको समेत विभागले जनाएको छ । विभागले इजरायल रोजगारीका लागि एक हजार ६ सय जनाको अन्तिम छनोट गरेको थियो । इजरायलमा विदेशी कामदारको भिसा अवधि पाँच वर्षको हुने भए पनि प्रत्येक वर्ष भिसा नवीकरण गर्नुपर्छ ।

इजरायल नेपाली कामदारको आकर्षक श्रम गन्तव्य हो । तर, लामो समयदेखि नेपाली कामदार लैजाने छलफल पछि गत असोज १४ गते नेपाल र इजरायलबीच इजरायलमा नेपाली कामदारको अस्थायी रोजगारीसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको थियो ।

सम्झौताअनुसार इजरायलमा केयर गिभरका लागि ५ सय नेपाली कामदार जानेछन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP