शनिबार , जेठ ११, २०८२

पत्रकार एलबी विश्वकर्माको निधनको विषयमा निजामती कर्मचारी अस्पतालले छानविन गरी दोषीलाई कारबाही गर्नुपर्ने प्रेस काउन्सिल नेपालले माग गरेको छ । टिभि टुडेमा कार्यरत पत्रकार एलबी विश्वकर्माको बिहीवार पाटन अस्पतालमा निधन भएको थियो । उपचारका लागि निजामति कर्मचारी अस्पताल पुगेका विश्वकर्मालाई थोरै पैसा अपुग भएका कारण सो अस्पतालले भर्ना नगरी पाटन अस्पताल रिफर गरेको भन्दै आफन्तजनले उनको निधनको दोष निजामती कर्मचारी अस्पताललाई दिएको समाचारहरु बाहिरिएका छन् ।

यसै सन्दर्भमा प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेत नेतृत्वको टोलीले शुक्रवार अस्पताल प्रशासन पुगी अस्पतालले गरेको लापरबाहीको सम्बन्धमा छानविन गरी दोषीउपर कारबाहीको माग गरेको हो । अध्यक्ष बस्नेतले अस्पतालले सत्यतथ्य छानविन गरी दोषिलाई कारबाही गर्नुपर्ने तथा पीडित परिवारलाई क्षतिपूर्ति दिनुपर्ने विषयमा अस्पताल प्रशासन सँग कुरा भएको बताए ।

उनले भने– ‘हाम्रो एलबिजीको मृत्यु सन्दर्भमा विभिन्न कुराहरु बाहिर आए । मध्यराती सिभिल हस्पिटलमा थोरै पैसा बुझाउन नसकेका कारणले पनि उहाँको समयमा उपचार भएन र मृत्यु भयो भन्ने विषयमा कुरा उठेको हुनाले यो विषयमा ध्यानाकर्षण गराउन हामी त्यहाँ पुगेको थियौं । यदि अस्पतालको लापरबाही हो भने त्यो कुरा मिडियामा आएको छ, त्यो विषयमा छानविन होस् । र दोषिमाथि कारबाही होस् । पीडितलाई क्षतिपूर्ति दिलाउनका लागि हामी प्रेस काउन्सिल नेपालको टिमले आज अस्पताल प्रशासनमा कुरा राखेका छौँ । उहाँहरु गम्भिर हुनुहुन्छ । हामी केही दिन हेर्छौ, उहाँहरुले कस्तो खालको छानविन गर्नुहुन्छ, प्रतिवेदन बुझाउनुहुन्छ र दोषीलाई कारबाही गर्नुहुन्छ ।’

अध्यक्ष बस्नेतले अस्पतालले के–कस्तो प्रक्रिया अगाडी बढाउँछ केही दिन पर्खने र सोही अनुसार प्रेस काउन्सिलले कदम चाल्ने बताए । अछामको रामारोशन गाउँपालिका ५ स्थायी घर भएका २६ वर्षीय पत्रकार एलबी विश्वकर्मा काठमाडौंमा बसी सक्रिय पत्रकारिता गरिरहेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

पदाधिकारी भएर पनि पार्टीको निर्णय अरु कसैबाट थाहा पाउनु परेको सुमनाको गुनासो, पदको वजन नभएको महशुसपछि राजीनामा

आजको राशिफल ~ वि.सं. २०८१ चैत्र १३ गते बुधवार : श्री देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

आजको राशिफल ~ वि.सं. २०८२ वैशाख २३ गते मङ्गलवार : श्री देवकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य


TOP