मंगलबार , भाद्र १६, २०८३

अध्यागमन विभागले नेपाल आउजाउ गर्ने यात्रुका लागि नयाँ नियम जारी गरेको छ । ओमिक्रोन भेरियन्टसहितको नयाँ कोरोना संक्रमित भेटिन थालेपछि विभागले विदेशबाट नेपाल आवागमन हुने र नेपालबाट प्रस्थान गर्ने यात्रुको यात्रा व्यवस्थापनसम्बन्धी आदेश जारी गरेको हो ।

आदेशमा विदेश जाँदा आफू जाने मुलुकले तोकेबमोजिम खोप तथा स्वास्थ्य परीक्षण गरेको हुनुपर्ने, नतोकिएको अवस्थामा प्रस्थान गर्ने बोर्डिङ पास प्राप्त गर्नुभन्दा ४८ घण्टाभित्रको कोभिड–१९ को नेगेटिभ रिपोर्टको प्रमाण साथमा हुनुपर्ने, कोभिड–१९ संकट व्यवस्थापन समन्वयन केन्द्रको वेभसाइट सीसीएमसी डट गोर्भरमेन्ट डट एनपीमा लगइन गरी अन्तर्राष्ट्रिय अनलाइन प्रस्थान फारम भरेको कागजात, खोप लगाएको क्युआर कोडसहितको प्रमाणपत्र पनि अनिवार्य हुनुपर्ने उल्लेख छ ।

नेपाल आउनेको हकमा कोरोनाविरुद्धको खोपको मात्रा लगाएको १४ दिन पूरा भएको हुनुपर्ने, हवाइ उडानमा चेक इन हुनुभन्दा ७२ घण्टाभित्रको कोरोना परीक्षणको रिपोर्ट नेगेटिभ भएको प्रमाण हुनुपर्ने, यसबाहेक सीसीएमसीको वेबसाइटमा लगइन गरी नेपाल आउने व्यक्तिले फाराम भरी त्यसको प्रिन्ट साथमा राख्नुपर्ने उल्लेख छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता


TOP