सोमबार , बैसाख ८, २०८२

अमेरिकाबाट लन्डनका लागि प्रस्थान गरेको एक विमान डेढ घन्टा उडेर पुनः सोहि ठाउँमा फर्किएको छ । विमानमा अनिवार्य मास्क लगाउनुपर्ने सरकारी आदेश उल्लंघन गर्ने एक यात्रीका कारण विमान पुनः सोहि ठाउँमा फर्केको हो ।उडान रद्द गरेर एयरलाइन्स कम्पनीले यात्रुहरूलाई अर्को टिकट नकाटुन्जेल होटलमा राखेको जनाइएको छ । विमान मायामीमा अवतरण गरेपछि एयरलाइनले प्रहरीलाई खबर गरेको थियो । प्रहरी अधिकारीहरूले मास्क नलगाउने महिला यात्रीलाई मायामी अन्तर्राष्ट्रिय विमानस्थलबाट लगेका थिए ।

अनुसन्धान चलुन्जेल ती महिलालाई एयरलाइनको नो फ्लाई लिस्टमा राखिएको छ । ती महिलाले स्थानीय कानून नतोडेकाले पक्राउ गरिएको थिएन । गत सेप्टेम्बर महिनामा अमेरिकाका राष्ट्रपति जो बाइडनले विमानमा मास्क लगाउन नमान्ने व्यक्तिहरूलाई ५०० डलरसम्मको जरिवाना सजायको व्यवस्था गरेका थिए । उक्त उडान आकाशमा ९० मिनेटसम्म रहेको बेलामा उडान रद्द गरिएको थियो । धेरै यात्रुहरू मायामीमै रात बिताएर बिहीवारको फ्लाइटमा लन्डन गएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

१९औ पोखरा अन्तराष्ट्रीय म्याराथन मा सहभागी अष्ट्र्लियाका दशमी गुरुगं ५ किमि भेट्रान्स मा देश्रो ।

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै

ओली सरकार ढाल्न चलखेल सुरु, कांग्रेससँग गृहकार्य भइरहेको माओवादी नेता दाहालको खुलासा


TOP