मंगलबार , अषोज २७, २०८३

अमेरिकाबाट लन्डनका लागि प्रस्थान गरेको एक विमान डेढ घन्टा उडेर पुनः सोहि ठाउँमा फर्किएको छ । विमानमा अनिवार्य मास्क लगाउनुपर्ने सरकारी आदेश उल्लंघन गर्ने एक यात्रीका कारण विमान पुनः सोहि ठाउँमा फर्केको हो ।उडान रद्द गरेर एयरलाइन्स कम्पनीले यात्रुहरूलाई अर्को टिकट नकाटुन्जेल होटलमा राखेको जनाइएको छ । विमान मायामीमा अवतरण गरेपछि एयरलाइनले प्रहरीलाई खबर गरेको थियो । प्रहरी अधिकारीहरूले मास्क नलगाउने महिला यात्रीलाई मायामी अन्तर्राष्ट्रिय विमानस्थलबाट लगेका थिए ।

अनुसन्धान चलुन्जेल ती महिलालाई एयरलाइनको नो फ्लाई लिस्टमा राखिएको छ । ती महिलाले स्थानीय कानून नतोडेकाले पक्राउ गरिएको थिएन । गत सेप्टेम्बर महिनामा अमेरिकाका राष्ट्रपति जो बाइडनले विमानमा मास्क लगाउन नमान्ने व्यक्तिहरूलाई ५०० डलरसम्मको जरिवाना सजायको व्यवस्था गरेका थिए । उक्त उडान आकाशमा ९० मिनेटसम्म रहेको बेलामा उडान रद्द गरिएको थियो । धेरै यात्रुहरू मायामीमै रात बिताएर बिहीवारको फ्लाइटमा लन्डन गएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP