मंगलबार , भाद्र १६, २०८३

मुलुकभर बिहीबार बिहानैदेखि मौसममा फेरबदल भएको छ । यो क्रम अझै एक सातासम्म चल्नेसक्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।पश्चिमी वायुको प्रभावले देशभर आंशिकदेखि सामान्य बदली भई थोरै स्थानमा बिहीबार दिनभर वर्षा र हिमपात भयो । मौसम पूर्वानुमान महाशाखाले बिहीबार साप्ताहिक कृषि–मौसम पूर्वानुमान जारी गर्दै आगामी साताभर मौसम बदली हुने जनाएको छ । महाशाखाका अनुसार प्रदेश १ मा साताभर सामान्यदेखि पूर्ण बदली रहने केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको जनाएको छ ।

यसैगरी, मधेस प्रदेशमा शुक्रबारदेखि मंगलबारसम्म आंशिकदेखि सामान्य बदली भई थोरै स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको छ ।

यस्तै, बाग्मती प्रदेशमा पनि हिमाली क्षेत्रमा हिमपात र पहाडी क्षेत्रमा हल्का वर्षा तथा तराईका जिल्लामा आंशिकदेखि सामान्य बदली भई थोरै स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । त्यस्तै आजपनि देशभर आंशिकदेखि सामान्यतया बदली रहने महाशाखाले जनाएको छ ।

हरेक प्रदेशका एक÷दुई स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको छ । देशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावना भएको महाशाखाका वरिष्ठ मौसमविद् वरुण पौडेलले बताए । यसैगरी, शनिबार पनि देशभर आंशिकदेखि सामान्यतया बदली रहने उनले बताए । राजधानी दैनिकबाट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता


TOP