बुधबार , जेठ २९, २०८२

मुलुकभर बिहीबार बिहानैदेखि मौसममा फेरबदल भएको छ । यो क्रम अझै एक सातासम्म चल्नेसक्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।पश्चिमी वायुको प्रभावले देशभर आंशिकदेखि सामान्य बदली भई थोरै स्थानमा बिहीबार दिनभर वर्षा र हिमपात भयो । मौसम पूर्वानुमान महाशाखाले बिहीबार साप्ताहिक कृषि–मौसम पूर्वानुमान जारी गर्दै आगामी साताभर मौसम बदली हुने जनाएको छ । महाशाखाका अनुसार प्रदेश १ मा साताभर सामान्यदेखि पूर्ण बदली रहने केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको जनाएको छ ।

यसैगरी, मधेस प्रदेशमा शुक्रबारदेखि मंगलबारसम्म आंशिकदेखि सामान्य बदली भई थोरै स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको छ ।

यस्तै, बाग्मती प्रदेशमा पनि हिमाली क्षेत्रमा हिमपात र पहाडी क्षेत्रमा हल्का वर्षा तथा तराईका जिल्लामा आंशिकदेखि सामान्य बदली भई थोरै स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । त्यस्तै आजपनि देशभर आंशिकदेखि सामान्यतया बदली रहने महाशाखाले जनाएको छ ।

हरेक प्रदेशका एक÷दुई स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको छ । देशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावना भएको महाशाखाका वरिष्ठ मौसमविद् वरुण पौडेलले बताए । यसैगरी, शनिबार पनि देशभर आंशिकदेखि सामान्यतया बदली रहने उनले बताए । राजधानी दैनिकबाट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

दाइ मारेर जेल परेका सुजन संविधान दिवसमा छुटे, घरै बोलाएर पूर्वपत्नी र दुई छोरीको हत्या

प्रचण्डले दिए पूर्वराजा ज्ञानेन्द्रलाई जेल हाल्ने चेतावनी, पहिले सेक्युरिटी झिकिदिने

पदाधिकारी भएर पनि पार्टीको निर्णय अरु कसैबाट थाहा पाउनु परेको सुमनाको गुनासो, पदको वजन नभएको महशुसपछि राजीनामा


TOP
सोमंबुबिशु