सोमबार , भाद्र १५, २०८३

बालुवाटारमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री समेत रहेका नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवासँग गम्भीर छलफल गरेका हुन् । छलफलमा प्रतिनिधि सभाको निर्वाचनको मिति घोषणा गर्नेबारे मुख्य कुराकानी भएको बुझिएको छ ।

विश्वस्त स्रोतका अनुसार प्रचण्ड र माधवकुमार नेपालले पहिले प्रतिनिधि सभाको चुनाव गर्नुपर्नेमा जोड दिए । प्रचण्डले संसदको गतिरोध अन्त हुने अवस्था नभएकाले चुनावमा जानु ठिक रहेको प्रस्ताव गरेका थिए । माधव नेपालले पनि चुनावमा जाँदा नै गठबन्धनलाई लाभ पुग्नसक्ने औल्याएका थिए ।

पहिले प्रतिनिधि सभाको चुनाव गरेपछि स्थानीय चुनाव गर्नेबारे विभिन्न कोणबाट छलफल भएको बुझिएको छ । देउवाले भने पहिले कुन चुनाव गर्ने वा एकसाथ गर्नेबारे समेत कुराकानी गरेको स्रोतले बतायो । स्थानीय चुनाव पछि सार्दा आउने संवैधानिक प्रश्नबारे पनि छलफल भएको थियो ।

गठबन्धनको बैठक निरन्तर गर्दै निष्कर्षमा पुग्ने सहमति तीन नेताले गरेका छन् । उनीहरुले आउँदो चुनावसम्म मिलेर जाने सहमति समेत बनाएको बुझिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता


TOP