मंगलबार , बैसाख २९, २०८३

विश्व बजारमा इन्धनको मूल्य आकाशिएको छ । यसले नयाँ किर्तिमान बनाउँदै प्रति ब्यारल ८८ डलर कटेको छ ।आज बोनी लाइटले प्रतिब्यारल ८८.२४ डलर मूल्य राखेको छ । ओपेक बास्केटको प्रति ब्यारल ८६.५४ डलर छ । ब्रेन्ट क्रुडको प्रति ब्यारल ८७.९९ हुँदा डब्लुटीआई क्रुडको ८६ डलर रहेको छ । एक ब्यारलमा लगभग १५९ लिटर हुन्छ ।

अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य वृद्धि हुनुमा रुसले युक्रेनमाथि हमला गर्ने खतराले पनि हो । रुस तेल उत्पादक देश हो । तेल उत्पादक देश संयुक्त अरब इमिरेट्समा यमनका हुथी विद्रोहीले ड्रोन हमलाका कारण पनि तेलको मूल्य वृद्धि भएको हो ।

तेलको मूल्य आकाशिंदा नेपालमा ठूलो असर परिसकेको छ । यसै पनि नेपाल आयल निगम ठूलो घाटामा छ । विश्व बजारमा मूल्य वृद्धिले निगम थप घाटामा जाने भएको छ । दैनिक १४ करोड घाटा व्यवहोरिरहेको निगमले थप घाटा व्यहोर्नुपर्ने भएको छ ।

नेपाल आयल निगमको संचित सून्य भएको छ । संचितमा कुनै रकम नभएपछि उसले पेट्रोलियम पद्धार्थ आयातका लागि सरकारसँग ऋण मागेको छ । आगामी ९ माघभित्र निगमले इन्डियन आयल कर्पोरेशनलाई पठाउनुपर्ने रकममा २ अर्ब अपुग हुने भएको जनाइसकेको छ ।

निगमले ३ माघमा विज्ञप्ति जारी गरी घाटा विवरण पेश गर्दै तत्काल रकम व्यवस्था गरी आपूर्ति सहज बनाउनुपर्ने वाध्यताबारे उल्लेख गरेको थियो । निगमले मासिक ४ अर्ब रुपैयाँ भन्दा बढी घाटा रहने देखिएकाले ३ महिनासम्मका लागि तेल आपूर्तिका लागि न्यूनतम १२ अर्ब रुपैयाँ आवश्यकता रहेको उल्लेख गरेको थियो ।

आयल निगम मूल्य वृद्धिको तयारीमा छ । यसका लागि सरकारको अनुमतिको प्रतिक्षामा छ । थेगिनसक्नु मूल्यवृद्धिले नेपालमा उपभोक्ताहरु मारमा पर्न सक्ने सम्भावना छ ।

यसैगरी नेपाल आयल निगमको निमित्त कार्यकारी निर्देशकमा सुशील भट्टराई नियुक्त भएका छन् । यसअघिका कार्यकारी निर्देशक सुरेन्द्र पौडेलको अवधि सकिएपछि भट्टराईलाई निमित्तको जिम्मेवारी दिइएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP