सोमबार , भाद्र १५, २०८३

राप्रपाको गत मंसिरमा सम्पन्न भएको महाधिवेशनमा राजेन्द्र लिङ्देनसँग अध्यक्षमा पराजित भएका कमल थापाले पार्टी फुटाउने भएका छन् । यसअघि तीन वटा राप्रपाबीच भएको एकता समारोहमा थापाले पनि श्रीमद्भागवत गीताको पुस्तक छोएर पार्टी नफुटाउने सार्वजनिक घोषणा गरेका थिए ।

तर, पार्टीको आन्तरिक लोकतन्त्रमा चुनावलाई सहजै स्विकार गर्नुपर्नेमा थापाले अध्यक्षमा पराजित भएपछि भने आफ्नो असन्तुष्टि सार्वजनिक रुपमै पोखिरहेका छन् । कतिसम्म भने उनले आफूलाई अध्यक्षमा पराजित गर्न पूर्वराजा ज्ञानेन्द्र शाहको सक्रिय भूमिका रहेको दाबी गरेका छन् ।

उनले उक्त प्रकरणमा छानबिन गर्नसमेत अध्यक्ष राजेन्द्रसमक्ष माग गरेका थिए । पछिल्लो समय विभिन्न मिडियासँगको अन्वार्तामा पनि थापाले यस्तो आक्रोश पोखिरहेका छन् । यो बीचमा थापाले राप्रपा फुटाउन लागेका समाचार पनि बाहिरिएका छन् । तर, थापाले स्वयमले भने आफूले कुनैपनि हालतमा पार्टी नफुटाउने दाबी गर्दै आएका छन् ।

तर, थापानिकट नेता सुशिलकुमार श्रेष्ठले पार्टीको आन्तरिक लोकतन्त्र (महाधिवेशनमा) मा निर्मल निवासको हस्तक्षेपविरुद्ध पार्टी बोल्छ कि बोल्दैन ? भन्ने कुरा महत्वपूर्ण रहेको सुनाए । उनले राजसंस्था एकताको प्रतिक भएको सुनाए । देशको स्थायित्वको लागि संवैधानिक राजसंस्था हुनुपर्ने आफूहरुको भनाई रहेको सुनाए ।

उनले अहिले आफूहरुले राजसंस्थालाई काम हाल्दैनौं भनेर नभनेको पनि जिकिर गरे । उनले अहिले आफूहरु नयाँ दल खोल्ने मनशायमा नरहेको जिकिर गरे । आगामी बैशाखमा हुने स्थानीय निर्वाचनको तयारीसमेत पूर्व अध्यक्ष थापाले गरिसकेकोले अब त्यो खाकाको पनि कार्यान्वयन थापाले नै गर्दा राम्रो हुने बताए ।

थापाले राप्रपा नफुटाउने भनेर घोषणा गरेपनि भित्रभित्र उनले आफ्नो तयारी भने गरिसकेका छन् । उनले नयाँ दल खोल्दा लिङ्देन नेतृत्वमा रहेका धेरै नेता तथा कार्यकर्ताहरु पनि थापासँगै जाने बुझिएको छ । पछिल्लो समय उनले आफूनिकट नेताहरुसँग पनि नयाँ दल खोल्नेबारे परामर्श गरिरहेको स्रोतको दाबी छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता


TOP