मंगलबार , बैसाख २९, २०८३

भारत सरकारले नेपाली भू–भागमा बाटो निर्माण गरेको भन्दै नेपाल सरकारले उक्त कार्य तत्काल रोक्न माग गरेको छ ।
महाकाली पूर्वका लिपुलेक, लिम्पियाधुरा र कालापानी नेपालको अभिन्न अंगका रूपमा रहेको उल्लेख गर्दै सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले आइतबार यस्तो आग्रह गर्नुभएको हो ।

साथै मन्त्री कार्कीले नेपाल–भारत बीच रहीआएको घनिष्ठ र मैत्रीपूर्ण सम्बन्धको मर्म र भावनाअनुसार दुई देशबीचको सीमा समस्याको समाधान ऐतिहासिक सन्धि–सम्झौता, तथ्य, नक्सा र प्रमाणका आधारमा कूटनीतिक माध्यमबाट गर्न नेपाल सरकार प्रतिवद्ध रहेको बताउनुभएको छ ।

भारतले एकतर्फी रूपमा नेपाली भूमिमा बाटो बनाएको भन्दै तीव्र आलोचना भइरहेका बेला सरकारले भारतलाई उक्त काम रोक्न आग्रह गरेको हो । उता भारतले शनिबार नेपालसँगको सीमा विवादबारे आफ्नो धारणा नेपाल सरकारलाई जानकारी गराइसकेको बताएको थियो ।

नेपालस्थित भारतीय दूतावासले वक्तव्य जारी गरी संवादका लागि अन्तरसरकारी संयन्त्र उपयुक्त माध्यम भएको समेत धारणा व्यक्त गर्दै धनिष्ठ र मैत्रीपूर्ण द्विपक्षीय सम्बन्धको भावनाका आधारमा सीमासम्बन्धी विषय सम्बोधन गर्न सकिने बताएको थियो ।
केही दिनअघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले लिपुलेकमा सडक विस्तार भइरहेको बताएपछि नेपालमा आलोचना शुरु भएको हो ।

सत्तारूढ तथा प्रतिपक्षी राजनीतिक दलहरूले यस विषयमा भारतसँग वार्ता गरी तत्काल सडक विस्तार रोक्न सरकारलाई आग्रह गरेका छन् । तर, सरकारले बल्ल आइतबार मात्रै भारतलाई उक्त बाटो निर्माणको काम रोक्न आग्रह गरेको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP